टोले गुन्डा को दसै – कविता

आहा कती मज्जा फेरी पनी चुनाव आऊदै छ
कराई बसाल,बसाल बुडी
दिनहु मासू भात खाईन्छ
चुनाव मा आऊने पैसो ले ऋण सबै टिरिंछ।

आफू त परियो टोले गुन्डा टन्न पैसो लीईन्छ
जस्ले पैसो बडी दिन्छ तेतै तिर लगिन्छ।
ऐरे गैरे लाई जम्मा गरिन्छ।
मेरो मा मन्क्षे बडी छ भनेर देखाईन्छ ।
चुल्ठे मुन्द्रे लै जम्मा गरिन्छ।
टन्न रक्सि मासू खुवाईन्छ।
चिन्ता नगर बुडी चुनाव मा आऊने पैसो ले ऋण सबै तिरिन्छ।

तेसैले कराई बसाल,बसाल बुडी
दिनहूँ मासू भात खाईन्छ।
पल्सर बाइक मा हुइकिन्छ
लाभा लस्कर लगाईन्छ
पैट्रोल त पानी सरह भरिन्छ
पिर नगर बुडी यस्पाली सबैऋण तिरिन्छ।

आहा कती मज्जा फेरी पनी चुनाव आऊदै छ
तेसैले कराई बसाल,बसाल बुडी
दिनहु मासू भात खाईन्छ ।
बियर ले कुल्ला गरिन्छ । जुँगा मा ताऊ लगाइन्छ ।
घाम मा मासू को रोस्ट तान्दै बसिन्छ ।
ऋण को त कुरै नगर बुडी
चुनाव मा आऊने पैसो ले ऋण सबै तिरिन्छ।।।।

सरिभ भट्टराई – फ्रान्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here