
नेपाल फ्रान्स दैत्य सम्बन्धको ७५ औँ वार्षिक उत्सवको अवसरमा साहित्य पोष्ट र नेपाल फ्रान्स मैत्री सङ्घको संयुक्त आयोजनामा नेपाली तथा फ्रेन्च पुस्तकको चर्चा परिचर्चा कार्यक्रम ११ जनवरी २०२५ का दिन फ्रान्सको राजधानी पेरिसमा सुसम्पन्न भयो।
कार्यक्रममा फ्रान्समा रहेर नेपाली समुदायलाई विशिष्ट योगदान गर्नुभएका श्री कवीन्द्र अमात्य लेखक श्री हरिहर अर्याल फ्रेन्च लेखक जो फस्वा मोनो नातासा देकोन किक र अश्लेम बुलाई विशेष सम्मान गरेका थियौँ। कविन्द्र कायस्थ फ्रान्समा एकदमै सहयोगी ,समाजसेवी तथा बिभिन्न संघ संस्थामा क्रियासिल व्यक्ति हुनुहुन्छ अमात्यले दशकौ देखि नेपाली समुदाय लाई निस्वार्थ गर्नुभएको योगदान को कदर गर्दै यो बिसेष सम्मान प्रदान गरिएको हो । तेस्सै गरि हरिहर अर्याल लेखक, कवी तथा साहित्यिक व्यक्तित्व भएर परिचित हुनुहुन्छ । लेखकले ४ पुस्तक प्रकाशनमा ल्याई सक्नु भएको छ। शैलेन्द्र अधिकारीद्वारा लिखित “अर्हत” अनि डिबिसीकारुद्वारा लिखित “योवन हराएको मान्छे” कविता संग्रहको चर्चा परिचर्चा भयो।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत महामहिम सुधिर भट्टराईज्यू, पूर्व फ्रान्सेली राजदूत मार्टिन बेसोरो, एभ्री शहरका नगर प्रमुख स्टेफान बोधे, नगर प्रहरी प्रमुख फिलिप पुपो, सेन्ट सुल्पीसका नगर प्रमुख पियरमाजु, फ्रेन्च महिला सगरमाथा पर्वतारोही नाताली लामुरु १४ पटक सफल सगरमाथा आरोही पासांग नुरु लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
एनआरएनए फ्रान्सका महासचिव महेन्द्र अधिकारी ईनास फ्रान्सका अध्यक्ष आभास आचार्य पत्रकार प्रकाश सापकोटा नेवागुठी फ्रान्सका अध्यक्ष दीपक महर्जन उपस्थित हुनुहुन्थ्यो। अर्हत पुस्तकको चर्चा पत्रकार दीपक सापकोटाले गर्नुभएको थियो। भने योवन हराएको मान्छेको चर्चा प्रशान्त उप्रेतिले गर्नुभएको थियो। कार्यक्रममा नेपाली तथा फ्रेन्च गायकद्वारा लाइभ म्यूजिक बजाइएको थियो।स्थानीय सर्जक हरु मध्य निश्चल रिमाल, हरिहर अर्यालले आफ्नो आफ्नो रचना बाचन गर्नु भएको थियो । रिमालको “मलाई देश दुख्छ” बाचन भैरहदा सभा हलमा सन्नाटा छाएको थियो ।
नेपाल फ्रान्स मैत्री सङ्घका अध्यक्ष बिनोद खकुरेलज्यूले नेपाल फ्रान्स दैत्य सम्बन्धको ७५औं वार्षिक अवसरमा दुई देशबीचको सम्बन्ध भावी कार्ययोजना र महत्व प्रकाश पार्नुभएको थियो। महामहिम राजदूत सुधीर भट्टराईज्यूले फ्रान्सेली महानुभावहरूलाई नेपाल घुम्न आउन निमन्त्रणा गर्नुभएको थियो। कार्यक्रममा विभिन्न साहित्यकर्मीहरूको विविध विधाका रचनाहरू पनि वाचन गरिएको थियो। अमेरिकाबाट मुक्तकार श्री कृष्णप्रसाद न्यौपानेको मुक्तक पनि सुनाइएको थियो। भौतिक रूपमा उपस्थित हुन नसके पनि लेखक द्वय शैलेन्द्र अधिकारी र डिबिसीकाहरूको भनाइ भिडियो सन्देश मार्फत राखिएको थियो।
कार्यक्रममा साहित्य पोस्ट डटकमका प्रधान सम्पादक श्री अश्विनी कोइरालाज्यूको भनाई पनि भिडियो सन्देश प्रस्तुत गरिएको थियो। कार्यक्रममा फ्रान्सका विभिन्न स्थानबाट अनि पेरिस वरपरबाट नेपाली समुदायको बाक्लो उपस्थिति थियो।