डा. महावीर पुन संग फ्रान्सको राजधानी पेरिसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्विर सहित)

राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक अध्यक्ष तथा नेपालमा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त डा. महावीर पुन संग फ्रान्सको राजधानी पेरिसमा एक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।  

फ्रान्समा रहेका १५ ओटा संघसँस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रमको विशेष अतिथि डा. महावीर पुन र प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी हुनु हुन्थ्यो। 

रास्ट्रिय आविस्कार केन्द्रका सँस्थापक अध्यक्ष महावीर पुन, पेरिस फ्रान्स २०२२ मे १५

कार्यक्रममा सँस्थाहरु १) एनआरएनए फ्रान्स २) नेपाली एकता समाज फ्रान्स ३) नेपाली सांस्कृतिक गृह ४) तमु समाज फ्रान्स ५) मगर समाज फ्रान्स ६) म्याग्दी समाज (MONA) फ्रान्स ७) गोर्खा समाज फ्रान्स ८) तामांग घेडुक फ्रान्स ९) जनसंपर्क समिति फ्रान्स १०) बिधार्थी संगठन ११) पाकोफेन १२) स्याँजा समाज फ्रान्स १३) अन्तर्राष्ट्रीय कलाकार मंच फ्रान्स (INAS France) १४) चितवन समाज फ्रान्स र १५) नेपाली जनप्रगतीशील मंच फ्रान्स आयोजक सँस्था रहेका थिए। संघसंस्थाहरुको प्रतिनिधित्वमा गठित आयोजक समितिले कार्यक्रम ब्यबस्थापनको जिम्मेवारी लिएको थियो। 

पेरिस ३ स्थित Place de la République भन्ने ठाउँमा भएको कार्यक्रममा उल्लेख्यरुपमा नेपालीहरुको उपस्तिथी रहेको थियो। नेपाली रास्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा आयोजक नेपाली संघ सँस्थाहरुको तर्फ बाट एनआरएनए फ्रान्सकी अध्यक्ष्य गीता खनाल थापा र आयोजक समितिको तर्फ बाट लक्ष्मण कुमार गुरुङले डा. महावीर पुनलाइ खादा ओडाई पुष्प गुच्छाले स्वागत तथा सम्मान गर्नु भएको थियो। त्यस्तै राजदुत दिपक अधिकारीलाई स-धन्यवाद सम्मान गरिएको थियो।

फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी, पेरिस फ्रान्स २०२२ मे १५

कार्यक्रममा बोल्दै राजदुत अधिकारीले डा. पुनको युरोप यात्रा सफलताको कामना गर्दै उहाँले देशको इन्जिन भनिने युवा वर्गलाइ प्रेरणा प्रदान गरेर प्रविधिको विकास संगै उनीहरुलाइ देशको विकासमा आकर्षित गर्ने अभियानका लागि शुभकामना प्रदान गर्नुभयो। डा. महावीर पुनकै कुरा सुन्न प्रतिक्षारत भएको भन्दै राजदुत अधिकारीले छोटो शुभकामना मन्त्यव्य दिनु भएका थियो। 

एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापा, नेपाली सांस्कृतिक गृह फ्रान्सका अध्यक्ष सुरज श्रेष्ठ, जनसंपर्क समिति फ्रान्सका सभापति सुधिर राना, नेपाली एकता समाज फ्रान्सकी उपाध्यक्ष जिता कटवाल, अन्तर्राष्ट्रीय कलाकार मंच फ्रान्स (INAS France) का महासचिव महेन्द्र अधिकारी, तमु समाज फ्रान्सका अध्यक्ष तुलाराम गुरुङ, मगर समाज फ्रान्सका तर्फ बाट बिष्णु सारु मगर, म्याग्दी समाज (MONA) फ्रान्सका अध्यक्ष पदम शेरचन, गोरखा समाज फ्रान्सका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, पाकोफेन का कोषाध्यक्ष बिर बहादुर खड्का र स्याँङ्जा समाज फ्रान्स का तर्फ बाट सुमन कार्की ले स्वागत तथा शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम संचालन उदयराज पाण्डेले गर्नु भएको थियो। कार्यक्रमको व्यवस्थापनमा लक्ष्मण कुमार गुरुङ, कविन्द्र कायस्थ, तप्त भण्डारी, लभसन गुरुङ, दिल पुन, सुरेश लामा र बिष्णु गुरुङ् त्यस्तै मिडिया पार्टनरमा प्रकाश सापकोटा र अनुराधा पौडेल रहनु भएको थियो।

आविस्कार केन्द्रका अध्यक्ष डा. पुनले यसरी संघसँस्थाहरु मिलेर संयुक्त कार्य गरेकोमा प्रसंशा गर्दै भिडियो मार्फत आफुले बाल्यपन देखि आविस्कार केन्द्रसम्म पुग्न पार गरेका रमाइला र चुनौतीपूर्ण घटनाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो। उहाँले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका कयौं अन्य क्षेत्रमा गरिरहेका नयाँ-नयाँ अनुसन्धानका कामहरुको जानकारी दिनुभयो । 

 डा. पुनले आफु अमेरिका बाट फर्केपछि स्कुल खोल्ने, वृक्षारोपण गर्ने, चौरी पालेर चिज बनाउने, हाते कागज र त्यसबाट हस्तनिर्मित समान बनाउने, ट्रेकिंङ बाटो र समुदायक होटेल बनाउने विकट ठाउँमा बिजुली उत्पादन गर्ने, स्वास्थ्य केन्द्र बनाउने, कम्पुटर एस्सेम्ब्ली गरेर गाउँ गाउँमा पुर्याउने, टेलीमेडिसिन, वाईफाई मार्फत विकट ठाउँमा इन्टरनेट पुर्याउने आदि काम गरेको बारेमा संक्षिप्त जानकारी दिनु भयो। उहाँले गाउँ गाउँमा यसरी काम गरेर मात्र केहि नहुने र अरु धेरैलाइ यसरी काम गर्न प्रेरणा दिन सके झन राम्रो हुने बुझेपछि आविस्कार केन्द्रको परिकल्पना गरेको बताउनु भयो। 

“मैले गाउँ घरमा धेरै काम गरे तर मैले गरेको काम मलाइ नै चित्त बुजेको थिएन। मलाइ पदक पनि दिइयो लिन त लिहालियो तर मैले २० बर्ष पछि के बुझे भने हाम्रो गरिब देशमा मैले गरेको काम प्रयाप्त थिएन, युवालाइ गाउँबाट विदेश पलायन हुनबाट रोक्नु पर्ने रहेछ र त्यसको लागि उधोगधन्दा खोल्नु पर्ने र त्यसकोलागि नयाँ आविस्कार र सम्भावनाको खोज गर्नु पर्ने रहेछ।” 

“देशको सवै भन्दा ठुलो पुँजी भनेकोनै रचनात्मक काम गर्नसक्ने प्रतिभावान युवाहरुनै हुन् ।”

डा पुनले जब सम्म अनुसन्धान र अवास्कारमा रास्ट्रिय पुँजीको केहि प्रतिशत प्रयोग हुदैन तव सम्म देशमा रचनात्मक काम गर्नसक्ने प्रतिभावान युवाहरु उत्पादन गर्न सकिदैन र देश आत्मनिर्वर बन्न नसक्ने बताउनु भयो। नेपालमा रोजगारी र उधमशिलाताको लागि सवैलाइ बराबर अवसर दिइनुपर्नेमा जोड दिदै उहाँले सरकारले सवै प्रदेशमा आविस्कार केन्द्र बनाउनु पर्छ र युवाशक्ति विदेश पलायन हुनु देशको लागि घाटा भएकोले देश भित्रनै उत्पादन बढाउन सम्भावनाको खोजी गरिनु पर्ने बताउनु भयो।   

कार्यक्रमको अन्त्यमा फ्रान्समा रहेका नेपालीहरुले डा महावीर पुन संग अवास्कार केन्द्रले गरिरहेका र गर्न सक्ने कामहरुको बारेमा आफ्ना जिज्ञासाहरु राखेका थिए।

डा. पुनले कार्यक्रममा दिनु भएको मन्तव्य यस भिडियोमा हेर्न सकिन्छ।

भिडियोमा :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here