फ्रान्समा कार दुर्घटनामा परेर एक नेपालीको मृत्यु

फ्रान्सको लेजन आर्मीमा कार्यरत सुनसरीका २४ वर्षीय युवक असल राईको फ्रान्समा कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगर पालिका वडा नम्बर १९ निवासी राई विगत केही वर्षदेखि फ्रान्सको लेजन आर्मीमा कार्यरत थिए । उनी चढेको कार शनिबार विहान दुर्घटनामा परेको हो । फ्रान्सको दक्षिणमा रहेको कोर्स टापुको काल्भी क्षेत्र नजिकै उक्त दुर्घटना भएको हो।  कारमा ३ जना लेजन आर्मी सवार थिए। तिनै जना काल्भी प्यारासुट को दोस्रो रेजिमेन्टमा आबद्व थिए। उच्च गतिको सडक बाट बाहिर निस्कने क्रममा कार अनियन्त्रित भै रुखमा ठोकिएको थियो।

सुरक्षाकर्मी र एम्बुलेन्स आउदा २ जनाको घटना स्थलमै मृत्यु भै सकेको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको कोर्स स्थित स्थानीय पत्रिकाले सुरक्षाकर्मीलाइ उद्वित गर्दै समाचारमा उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here