लक्ष्मण गगनको “नजरले नजरको” सांगीतिक गजल सार्वजनिक

नयाँ गजल ‘नजरले नजरको’ सार्वजनिक गरिएको छ । लक्ष्मण गगनका प्रेमिल शब्दमा रहेको गीतको म्युजिक भिडियो शनिबार नेपाली वेबसाइटको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीत/गजलमा राज सागरको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा सन्जिव बराइलीको एरेन्ज तथा दीप गुरुङको मिक्सिङ रहेको छ। गीतको भिडियोमा भने, नग्मा श्रेष्ठ र दिपेन्द्र शाही ठकुरीको अभिनय रहेको छ । यस सांगीतिक गजलका रचनाकार लक्ष्मण गगन फ्रान्समा रहेर निरन्तर साहित्यिक, विशेष गरी गजल विधामा कलम चलाउनु हुन्छ। प्रवासमा रहेर पनि नेपाली कला, साहित्य साथै पत्रकारिता क्षेत्रमा उहाँको योगदान रहदै आएको छ।

भिडियोलाई मोडल दिपेन्द्रले नै कोरियोग्राफी गरेका हुन् भने टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here