लण्डन । बेलायतमा कोरोना संक्रमितहरुको संख्या नियन्त्रण बाहिर पुगेकाले प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा अर्को जानकारी नदिए सम्म लकडाउनको घोषणा गरेका छन् ।
जोनसनले सोमवार साँझ एक टिभी सम्बोधनमा सबै बेलायती घरपरिवारलाई घरमा नै बस्न भनिएका छन् उनीहरुले सरकारको निर्देशन उल्लघंन गरे पुलिसलाई जरिवाना लगाईएको निर्देशनहरू लागू गर्ने अधिकार दिईएको बताएका छन् ।
अनावश्यक चीजहरू बेच्ने पसलहरूलाई पुस्तकालयहरू, खेल मैदानहरू र आउटडोर जिमहरू, र पूजा गर्ने ठाउँहरू बन्द गर्न आदेश दिइएको छ । विवाह, र अन्य सार्वजानिक समारोहहरू बन्द भइरहेको छ, तर अन्त्येष्टिहरू अघि बढिनेछ । र दुई भन्दा बढी व्यक्तिको सबै सार्वजनिक जमघट (एकै घरका सदस्यहरू बाहेक) प्रतिबन्धित हुनेछ।
प्रधानमन्त्रीका अनुसार अब निम्न कुराका लागि मात्रै घरबाहिर निस्किन सकिनेछ:
१- खाद्यसामग्री या औषधि खरिद गर्नका लागि ।
२-अत्यावश्यक सेवाका काममा जानका लागि । अन्य काम र कार्यालयहरू बन्द हुनेछन् ।
३ -मेडिकल प्रयोजन या जोखिममा रहेकाहरूलाई मद्दत गर्नका लागि ।
२१ दिनमा बेलायतका अस्पतालहरु भरिभराउ हुनसक्ने : – प्रमुख चिकित्सा अधिकारीहरू ब्रिटेनका प्रमुख चिकित्सा अधिकारीहरू र एनएचएस इंग्ल्याण्डका चिकित्सा निर्देशकले ‘एनएचएसले थप स्थायी वृद्धि सम्हाल्न सक्छ भन्ने कुरामा विश्वस्त नभएको’ चेतावनी दिएपछि ब्रिटेन कोभिड सतर्कता स्तर पाँच स्तरसम्म बढ्ने सिफारिस गरेका थिए । बेलायतमा गत २४ घण्टामा ५८ हजार ७ सय बढी संक्रमित थपिएका थिए भने कोरोना भाइरसको कारणले मृत्यु हुने को संख्या ४०७ रहेको थियो।
एक विज्ञप्तिमा उनीहरूले भनेका छन् कि आगामी २१ दिनको दौरान धेरै क्षेत्रहरूमा अस्पतालहरुमा संक्रमितहरुको वृद्धि संगै भौतिक अवस्था जोखिममा हुनेछ । हाल सामुदायिक ट्रान्समिसनको दर धेरै छ, अस्पतालमा र गहन उपचारमा कोभिड रोगीहरूको पर्याप्त संख्या छ’, उनीहरूले भने । बेलायतमा धेरैजसो ठाउँमा प्राय : जताततै केसहरू बढ्दैछन् । संक्रमितहरु आकस्मिक उपचारको लागि आएका छन् यस्तै अवस्था रहे एनएचएसले थेग्न नसक्ने चेतावनी दिईएको थियो ।