शनिवार साहित्य : प्रेम गरु कि युद्द ?

प्रसान्त उप्रेती पेरिस, फ्रान्स

आज पवित्र प्रेमको बहानामा भाई मारियो 
लाखौ प्रेमीहरुको मुटु छिया छिया पारीयो

आज जातभातको बहानामा एक नर मारियो 
प्रेम गर्नु पनि युद्द भन्दा खतरनाक ठानियो 

अन्धकारमा कुसंस्कारले गर्दा भेरी नदि तारियो
एक लक्का जवान नबराज बेकसुरमा मारियो 

साँझ आमा बुहारीलाई भित्राउन घर सिङ्गारियो
सन्तानको जहान थप्ने रहर पुगोस् भनिस ईश्वर पुकारियो 

बर र बधुको स्वागतको लागि माला हार उनियो 
खोइ ईश्वर एक्काशी उनि हरु बिरुद्ध खनियो 

हत्यारालाई १०८ किलोको माला खापेको देखियो 
निश्चल प्रेम गर्ने प्रेमिल देह को अस्तिव मेटियो

रुकुम चौरजहारी घटनाका मृतक स्व नबराज बिश्वकर्मा लगाएत ज्यान गुमाउने सम्पूर्ण प्रति समर्पित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here