नेपालमा कोरोना संक्रमितको संख्या हजार नाग्यो, हालसम्म ५ जनाको मृत्यु

आज विहीबार नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । संक्रमित मध्य ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन ।

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यो एकै दिन बढेको सर्वाधिक सङ्ख्या हो। २४ घण्टामा संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।

केहि दिन देखि दिनमा भारतबाट आउनेहरूको संख्या उल्लेख्यरुपमा बढदै गएपछि नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here