एनआरएनए फ्रान्समा विवाद, उपाध्यक्षलाइ निलम्बन

एनआरएनए फ्रान्सले यहि २५ मे मा एक बिज्ञप्ति प्रकाशित गर्दै संस्थाका उपाध्यक्ष अमर बहादुर भण्डारीलाइ निलम्बन गरेको जानकारी दिएको छ। भण्डारीलाई सँस्थाको गोपनियता र अनुशासन उल्लङ्घन गरेको आरोप लगाउदै कारवाही गरिएको बिज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समयमा एनआरएनए फ्रान्सले गरेका केहि कामहरु सामाजिक सञ्जालहरुमा विवादित बनेका थिए । राहत वितरणको विषयमा सूचना प्रकाशित गर्दा राखिएका शर्तको विषयमा विवाद निस्किए पनि उपाध्यक्ष अमर भण्डारीकै संयोजकत्वमा बनेको समितीले ५५ जनालाइ राहत वितरण गरेर सहयोग गरेको जानकारी दिइएको थियो। एनआरएन फ्रान्सले संयुक्त समिति मार्फत १२ ओटा सँस्था संग जोडिएर राहतलाइ निरन्तरता दिएको थियो। अहिले एनआरएन फ्रान्सले यो निर्णय लिनुमा को कस्तो प्रकारको गोपनियता भंग गरिएको हो भन्ने कुनै जानकारी दिइएको छैन। उपाध्यक्ष भण्डारीले फ्रान्स स्थित “अन्तर-संस्थाको विचमा कलह” हुने प्रकारको काम गरेको भनिएको छ। भण्डारी नेपाली एकता समाज फ्रान्सको सहकोषाधक्ष्य पनि भएकोले यो कुरा आएको हुन सक्ने आशंका गरिएको छ। एनआरएनको विधानले कुनै राजनीतिक, क्षेत्रीय र धार्मिक संस्थाको वाहेक अन्य संस्थामा बस्न नमिल्ने भनेको छैन त्यसैले उपाध्यक्ष अमर भण्डारीको एकता समाज फ्रान्सको पद पनि यथावतनै छ।

बिज्ञप्तिमा उपाध्यक्ष भण्डारीले पटक पटक गल्ति गरेको, आत्मआलोचना गर्दै माफी मागेको र पछिल्लो समय निज संग स्पस्टिकरण मागिएको तर स्पस्टिकरण दिन नमानेको र उल्टै “लामो समय देखि सफलता पुर्वक पदीय दायित्व पुरा गर्ने” महासचिवलाइ सँस्थाको “लेटर प्याड दुरुपयोग गरेको” भन्ने आरोप लगाउदै “व्यक्तिगत मानहानी” र “संस्थाको छवीमा आँच” पुर्याउदै “खेलवाड” गरेको आरोप लगाउदै ६ महिनाको लागि निलम्बन गरिएको जानकारी दिइएको छ। एनआरएनए फ्रान्सको इतिहासमा कार्यसमितिको पदाधिकारीलाइ निलम्बन गरिएको यो पहिलो घटना हो।

पछिल्लो पटक एनआरएनए फ्रान्सले नेपाली मूलका एक व्यक्तिले सँस्थालाइ आर्थिक सहयोग गर्दै राहत वितरण गर्ने भन्दै आएको विषयमा सूचना प्रकाशित भएपछि सामाजिक सञ्जालमा केहि सुझाव र केहि विवाद युक्त प्रतिक्रियाहरु आएका थिए। सहयोग गर्ने ब्यक्तिले एनआरएनको खातामा पैसा पठाउनु अगावै सँस्थाले सूचना निकालेर उसको अग्रसरतामा राहत सहयोगलाइ निरन्तरता दिने बताएको थियो। ति व्यक्तिले फ्रान्समा मृत्यु भएका एकजना नेपालीलाइ दिनु पर्ने तलब १५ सय युरो ३-४ बर्ष देखि नदिएको र अहिले पैसा दिएर राहत बाढन थालेपछि समाजसेवी भन्दै प्रसंसा गरिएपछि आलोचनात्मक प्रतिक्रियाहरु आउन थालेका थिए। पछि सँस्थाले त्यसको खण्डन गर्दै अहिले सम्म नउठेको पैसा आफुहरुको पहलमा उठन थालेको बताएको थियो।

२५ मे मा जारी पत्रमा उपाध्यक्ष भण्डारीलाइ १७ मे बाट नै सुरु हुने गरि निलम्बन गरिएको जानकारी दिइएको छ। केहि दिन अगाडी एनआरएनए फ्रान्सका महासचिव मिन कुमार श्रेष्ठको विषयमा कुनै प्राइभेट ग्रुप च्याटिंगमा “चरित्र हनन” गर्ने गरी प्रतिक्रिया दिएको कुरा उपाध्यक्ष भण्डारीले देखेपछि उनले महासचिवलाइ के कुरा हो भनि सोधेका रहेछन। महासचिव श्रेष्ठले यस विषयमा एकता समाजको अध्यक्षलाइ पत्र लेखेर प्राइभेट ग्रुप म्यासेजमा आफ्नो मानहानी गरिएको विषयमा स्पस्टिकारण मागेका रहेछन। यो कुरा भएको कस्तो प्राइभेट ग्रुप हो र कोस्ले लेखेको भन्ने कुरा खुलेको छैन। महासचिव श्रेष्ठले उपाध्यक्ष भण्डारीलाइ “गुप्तचरी” गर्दै संस्था भित्रको कुरा “गोपनियता उल्लङ्घन” गरेको आरोप लगाउदै उपाध्यक्ष भण्डारी प्रति एकता समाजका अध्यक्ष प्रमोद पाण्डेको धारणा मागेका थिए। उनले एनआरएनए महासचिवको नाममा ब्यक्स्तिगत इमेल मार्फत यो पत्र लेखेका थिए।

यो पत्रको प्रतिउत्तरमा एकता समाज फ्रान्सका अध्यक्ष पत्र देखेर आफु “दंग” परेको बताएका थिए। उनले स्पस्टिकरणनै माग्ने हो भने आफु रहेकै सँस्थाको उपाध्यक्ष संग माग्नु होस् भनेर सुझाउदै एकता समाज एनआरएनको भात्री संगठन नभएको र हामीले तपाइलाई रिपोर्ट बुझाइरख्नु पर्दैन र मानहानी नै भएको भए मुद्दा हाल्न सकिने बताउदै भन्दै जवाफ फर्काएका थिए।

उपाध्यक्ष अमर भण्डारीले महासचिवलाइ सँस्थाको लेटर प्याड प्रयोग गरेर अर्को सँस्थाको अध्यक्षलाइ कुनै जानकारी विना आफ्नो बारेमा स्पस्टिकरण मागेको आरोप लगाएका थिए। उनले यस बारेमा एनआरएन क्षेत्रीय संयोजक लगायत एनसीसी संरक्षकहरुलाइ पत्र लेखेका थिए। उपाध्यक्षले पछिल्लो समयमा आर्थिक पारदर्शिता लगायत बिभिन्न विषयमा बोलिरहेका थिए। उनले सँस्था भित्रको गोप्य कुरा बाहिर गरेको आरोप कार्यसमितिका केहि व्यक्तिले लगाउदै आएका थिए, उनले कारवाही गर्न त्यो आरोप प्रमाणित हुनुपर्ने बताएका छन । उपाध्यक्ष भण्डारी बिना नै बसेको सँस्थाको कार्यसमिति बैठकले उनलाई ६ महिना निलम्बन गर्ने निर्णय लिएको हो।

निलम्बन गरिएको बारे निकालिएको बिज्ञप्ति :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here