पेट्रोलियम पदार्थमा कर-वृद्धि फ्रान्सभरी चक्काजाम, एक प्रदर्शनकारीको मृत्यु [updated]

फ्रान्स सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर बढाउने निर्णय गरेको छ । अहिले सरकारको निर्णय संगै यहाँ यसको चर्को बिरोध भइरहेको छ । फ्रान्सले पेट्रोलियम पदार्थमा बिभिन्न करहरु जोडदै ४५ प्रतिशत सम्म कर लगाउदै आइरहेको छ । अहिलेको मूल्य वृद्धि ले एक ट्याक्सी चालकको आम्दानिमा महिनाको ८० देखि १२० युरो सम्म फरक पर्ने चालकले बिएफएम टिभीलाइ बताएका छन । फ्रान्समा अहिले प्रति लिटर पेट्रोलको मूल्य लगभग १ युरो ५५ सेन्टिम छ । यसपटकको बिरोध कार्यक्रम कुनै राजनैतिक पार्टीले नभइ स्वत:फुर्त रुपमा सर्वसाधारणहरुले  सामाजिक संजाल मार्फत चक्काजामको घोषणा गरेका हुन ।

एक जना आन्दोलनकारीको मृत्यु

फ्रान्सको दछिण पश्चिममा पर्ने साभ्वा (Savoie) मा आज बिहानै गाडीले किचेर एकजना आन्दोलनकारीको मृत्यु भएको छ।  आफ्नी छोरीलाइ अस्पताल लैजान हिडेकी महिलाले अनियन्त्रित भएर आन्दोलनकारी महिलालाइ गाडीले हानेको बताइएको छ।

पहेंलो ड्रेस

आज फ्रान्सका मुख्य मुख्य बाटोहरु सबै ठप्प छन।  सडकमा आन्दोलन गर्न आउने सबैले पहेंलो ड्रेस (Gilet Jaune) लगाएका छन। त्यसैले आजको आन्दोलनको नाम Gilet Jaune रखिएको छ ।

सबै ठप्प

फ्रान्सको मुख्यबाटो ब्यबस्थापन गर्ने भिन्सीका अनुसार प्राय जसो सबै अटोरुटहरू ठप्प छन।  A10, A11, A47, A50, A57, A9 मा बिस्तारै गाडीहरु चल्न दिइएको छ। राजधानी पेरिसको चक्रपथ पनि लगभग ठप्प पारिएकोथियो । प्रदर्शनकारीले रास्ट्रपति निवास नजिकैको आभन्यु शंजलिजेमा पनि प्रदर्शन गर्दै बाटो ठप्प परेका छन । फ्रान्समा यसरि बाटो बन्द भएको दशौँ बर्ष पछि पहिलो पटक हो । सवारी चालकहरु, आन्दोलनकारीहरु र प्रहरी बिच कयौं ठाउमा झडप समेत भएको र त्यसमा बेलुका सम्म २०० जना भन्दा बढी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । हुल नियन्त्रण गर्न प्रहरीले असुरग्यास समेत प्रयोग गरेको छ । अन्य स्थानहरूमा सवारीचालकहरूले प्रदर्शनकारीहरूको भीडबाट आफ्ना सवारीसधानहरू जबरजस्ती लान खोज्दा दर्जनौं मानिस घाइते भएका छन्। उत्तरी फ्रान्समा कारको ठक्करबाट एक जना ७१ वर्षीय प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। पछि उक्त कारचालकलाई पक्राउ गरिएको थियो। बिमानस्थलहरुमा जाने बाटो बन्द भएकोले बन्दको असर हवाईमार्गमा पनि देखिएको छ ।  फ्रान्सभरी भएका प्रदर्शनहरुमा २८५,०० को संख्यामा फ्रेन्चहरु सडकमा उत्रिएको बताइएको छ । 

रास्ट्रपतिको लोकप्रियता सबै भन्दा तल

रास्ट्रपति एमानुएल मक्रोंको लोकप्रियता इतिहासमै सबै भन्दा तल २३% मा पुगेको छ। सर्वसाधारणलाइ चर्को कर, पेन्सिनमा घटौती आदि कारणहरुले उनलाइ भोट दिनेहरु समेत रुस्ट बनेको र केहि समयमा हुन लागेको युरोपिएन चुनावमा चरम दछिणपन्थी नेत्री मारिन ल पेन को पार्टीले बहुमत ल्याउन सक्ने अनुमान गरिएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here