बेल्जियममा नेपालीहरुले सम्झिए प्रथम विश्वयुद्दका ती बीर पुर्खाहरुलाइ

होम गुरुङ, बेल्जियम, युरोपको राजधानी बेल्जियमको दक्षिण पच्छिममा अवस्थित सानो र शुन्दर शहर इपर( Iper) बेल्जियमका नेपाली समुदायका लागि नयाँ र नौलो नाम भने रहेन अब । यस शहरसङ हाम्रो पुर्खाहरुको रगतको साइनो गासिएको छ । जहाँ एक शताब्दी भन्दा अघि देखि नै हाम्रो पुर्खाहरुका रगतले पोतिएका बिरगाथाका कथा र इतिहास रहेको छ । त्यस ठाउमा तात्कालिक इस्टइण्डिया कम्पनीको नाममा बेलायती सेना ( कमनवेल्थ) को पक्षमा प्रथम बिश्वयुद्ध ( सन १९१४-१९१८) मा लडाइ लडे हाम्रा पुर्खाहरुले। सोही क्रममा जानकारीमा आए अनुसार ८० हजार देखि १ लाखको संख्यामा दुबै पक्षका सिपाहीहरुले बिरगती प्राप्त गरेका थिए। ती मध्य ५६ जना हाम्रा पुर्खाहरुको नामावली त्यहा स्थित शिलान्यासमा देख्न सकिन्छ । अझै अज्ञात कति होलान् कति जो खोजी र अध्यायनको बिषय बन्न गएको छ । 

बेल्जियम सरकारले हरेक नोभेम्बर ११ लाई हतियार बिसाएको दिनको रुपमा पर्व नै मनाउने गर्दछ । साथै उक्त दिन प्रथम बिश्वयुद्ध समापन भएको उपलक्ष्यमा सरकारी बिदा सहित सहदात प्राप्त ति बीर योद्धाहरुको नाममा बेल्जियमको इपर शहरमा भब्य सभा गरि श्रद्धाञ्जली दिने गरिन्छ । जहाँ बेल्जियमका राजारानी तथा राजपरिवार,बिशिस्ट व्यक्तित्वहरु र अन्य विभिन्न राष्ट्रहरुबाट सरकार प्रमुखहरु समेत सहभागी हुने गर्दछन।
तमु समाज,बेल्जियमद्वारा आयोजना गरिएको यस श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि दुतावासका प्रतिनिधि एबम उपनियोग प्रमुख श्री सुदिप भट्टराईज्यु,विशेष अतिथि नेपालबाट पाल्नु भएका आदिवासी जनजाती महासंघका अध्यक्ष श्री जगत बहादुर बराम मगरज्यु र बेल्जियम स्थित सम्पुर्ण संघ सस्थाको प्रतिनिधित्वमा एन आर एन,बेल्जियमका अध्यक्ष श्री लोक दाहालज्युद्वारा श्रद्धाञ्जली मन्तव्य ब्यक्त गर्नु भएको थियो । समाजका अध्यक्ष श्री जीवन गुरुङ्ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन समाजका महासचिव श्री सुर्य बहादुर गुरुङ्ले गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,बेल्जियमका विभिन्न स्थानबाट पाल्नु हुने नेपाली दाज्युभाइ तथा दिदीबहिनीहरु लगायत नेपालबाट पाल्नु हुने गुरुङ फिल्मका निर्देशक तथा नायक श्री भोज बहादुर गुरुङ र दोहोरी गायिका श्री लाली बुढाथोकी पनि विशेष उपस्थिति रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here