मिस ग्रयाण्ड बेल्जियम शो फिनालेमा आरती प्रधान काफ्लेले डिजाइन गरेका पहिरनहरुको प्रशंसा

बेल्जियममा यहि शनिवार १८ सेप्टेम्बरमा सम्पन्न मिस ग्रयाण्ड शो फिनालेमा नेपाली मुलकी फेसन डिजाइनर आरती प्रधान काफ्लेले डिजाइन गरेका पहिरनको भव्य प्रसंशा भएको छ।

युरोपमा नेपालीहरुले फेसन क्षेत्रमा राम्रै प्रगति गर्दै गैरहेको अवस्थामा डिजाइनर आरतीले प्राप्त गरेकी सफलताले सर्वत्र चर्चा पाउदै  उदाहरणीय बन्न पुगेको छ। विश्वको प्रमुख अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पर्ने मिस ग्रान्ड इन्टरनेशनल (MGI) को बेल्जियम संस्करण अन्तर्गत बेल्जियमबाट उत्कृस्ट प्रतियोगीहरु छान्न आयोजना गरिएको मिस ग्रयाण्ड बेल्जियम शो को फिनालेमा आरती प्रधान काफ्लेले सहभागी सवै प्रतिष्पर्धीहरुका पोशाकहरु आफैले डिजाइन गर्नु भएको थियो । कार्यक्रममा ८ जना फाइनालिस्टहरुले उपाधिको प्रतिस्पर्धा गरेका थिए। यस पटकको मिस ग्र्यान्ड बेल्जियमको उपाधी तिबेतियन मुलकी २० बर्षिय जोम्की तेन्जिनले जितेकी छिन ।

अन्तरास्ट्रिय रुपमा ख्याति प्राप्त MGI युद्ध, हिंसा को अन्त्य, स्वतन्त्रता, शान्ति, शिक्षा आदि विषयमा विश्वब्यापी अभियान चलाइरहेको सँस्था हो। MGI को अन्तरास्ट्रिय स्तरको प्रतियोगिता ४ डिसेम्बर २०२१ मा थाइल्याण्डमा हुने तय भएको छ।

बेल्जियममा हुने रास्ट्रिय अन्तरास्ट्रिय कार्यक्रममा मात्र नभई आरती प्रधान काफ्लेले इनास लगाएत नेपालीहरुको कार्यक्रमहरुमा समेत पोशाक डिजाइन माध्यम बाट सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आइरहेकी छिन। आरतीले नेपाल र बेल्जियमबाट फेशन डिजाइनमा उच्च शिक्षा हाशिल गरे पश्चात बेल्जियमलाइ १० औं बर्ष देखि आफ्नो कर्मभुमि बनाउदै आउनु भएको छ। उहाँ बेल्जियममा मात्र नभई युरोपमै फेसन डिजाइनिङ क्षेत्रमा प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्नु हुन्छ। उहाँले फेशन डिजाइनिङको क्षेत्रमा पाएको सफलता नेपालीहरुको लागि गौरव र नयाँपुस्ताको लागि उदारणीय बन्न सक्दछ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here