नेपाली इन्जिनियर्स एसोसिएशन नेदरल्यान्ड्स गठन

नेर्दर्ल्यान्डमा लामो समय देखी स्थायी बसोबास गर्दै शैक्षिक क्षेत्रमा बिशेष भूमिका निभाएका देल्फ्त युनिवर्सिटी अफ टेक्नोलोजी नेदर्ल्यान्ड्सका बैज्ञानीक तथा इन्जिनियर डी. पी. शर्मा मैनाली नेपाली भाषी इन्जिनियर्स एशोसिएशन नेदर्ल्यान्ड्सको अध्यक्ष्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

बहुप्रतिक्षित नेपाली भाषी इन्जिनियर्स एशोसिएशन नेदर्ल्यान्ड्सले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना महामारीका बाबजुद नेदर्ल्यान्डका बिभिन्न शहरहरुमा छरिएर रहेका यस एशोसिएशनमा आबद्द ४३ जना इन्जिनियरहरुको समुहद्वारा भर्च्युअल सम्मेलन मार्फत आजै अधिवेशन सम्पन्न गरी आफ्नो नेत्रित्व चयन् गरेको हो।

विश्व प्रसिद्द विश्वबिद्यालयहरुमा अध्ययनरत बिद्द्यार्थीहरु,डाक्टर, इन्जिनियर, बैज्ञानीक तथा प्रोफेसर समेतको सहभागिता रहेको यस एशिसिएशनले आफ्नो अधिवेशन संगै डी पि शर्मा मैनालीको नेत्रित्वमा दुई बर्षे कार्यकालका लागी १५ सदस्यिय मुल कार्य समिती समेत गठन गरेको छ। जस अनुसार,

  • अध्यक्ष्य: डी. पि. शर्मा मैनाली ( बैज्ञानीक / इन्जिनियर )
  • उपाध्यक्ष्य: सविना श्रेष्ठ ( बैज्ञानीक / सेनियर भ्यालिडेशन इन्जिनियर )
  • उपाध्यक्ष्य: शसी दाहाल ( आइ टी इन्जिनियर )
  • सचिव: समीप कार्की (सिविल इन्जिनियर )
  • उप- सचिव: अनुराग भम्बानी ( सिविल इन्जिनियर / पिएचडी अध्ययनरत )
  • कोषध्यक्ष्य: रेनुका गुरुङ श्रेष्ठ( डाटा बैज्ञानीक)
  • सह्- कोषाध्यक्ष्य : निकी श्रेष्ठ (आइ टी इन्जिनियर)
  • को- अर्डिनेटर : नवराज गजमेर ( इलेक्ट्रोनिक इन्जिनियर)
  • सह – जिग्मे गुरुङ ( इलेक्ट्रोनिक इन्जिनियर)
  • आइटी कोअर्डिनेटर: विश्वाश शाह( आइ टी इन्जिनियर )
  • सदस्य: सरु श्रेष्ठ ( एरो स्पेस इन्जिनियर )
  • सदस्य: सुमन भट्टराई ( सिविल इन्जिनियर / पिएचडी अध्ययनरत )
  • सदस्य: प्रविन बस्नेत ( सिविल इन्जिनियर )
  • सदस्य: सन्दीप मिश्र ( सिविल इन्जिनियर )
  • सदस्य: अशिम रिजाल ( सिविल इन्जिनियर / पिएचडी )

पश्चिम युरोपमा अवस्थित पानी मुनिको देश भनेर चिनिने सानो तर विश्व कै अती बिकसित देश नेदर्ल्यान्ड शिक्षा क्षेत्रमा विश्व कै अती बिशिष्ट मानिन्छ। नेपालीहरुको ईतिहास यस देशमा त्यती पुरानो नमानिए पनि छोटो अवधि मै थोरै संख्यामा रहेका नेपाली डायस्पोराले शिक्षा क्षेत्र र आविष्कारमा हालैमा अग्र स्थान लिन सफल भएका छन। थोरै संख्यामा रहेका नेपाली समुदाय बिच राजनीतिक तथा गैर राजनीतिक संस्थाहरु बल्गेर्ती खुले पनि बिशुद्द पेशागत गैर राजनीतिक रुपमा स्थापना भएको यस संस्था नेदर्ल्यान्डमा पहिलो हो। बिदेशी भुमिमा आफ्नो पेशा र ब्यक्तिगत जीवन समेतको सुरक्षाको ग्यारेन्टी गर्दै नेपालमा प्रविधी हस्तान्तरणको मुल नारा सहित घोषणा पत्र जारी गर्दै निकट भविष्य मै एशोसियनले बिभिन्न उपलब्धीमुलक कार्यक्रम प्रस्तुत गर्ने जानकारी नव निर्वाचित अध्यक्ष्य डि पि मैनालीले आफ्नो प्रतिवेदन सहित बताउनु भयो। सम्बत् २०१५ मा डाभोसद्वारा प्रकाशित विश्व आर्थिक मन्चको घोषणापत्र अनुसार सम्बत् २०२० को सुरुवात संगै २ करोड कर्मचारी हटाइने र त्यसलाई थप २० लाख इन्जिनियरहरुद्वारा प्रतिस्ठापन गरिने प्रतिबद्दता संगै इन्जिनियरहरुमा थप जिम्मेवारीको महसुस गरी डाएस्पोरामा रहेका कुशल जनशक्तिलाई एक सुत्रमा बांध्नु पर्ने अती आवस्यकतालाई समेत् मध्यनजर् गरी यसको गठन गरिएको र हाल आएर विश्व आर्थिक मन्चको घोषणापत्र सत्य साबित भएको परिप्रेक्ष्यमा नेपाली भाषी इन्जिनियर्स एशोसिएशनले बर्तमान अवस्थामा महत्वपूर्ण तथा ठोस् भूमिका खेल्नु पर्ने कुरामा उहाले जोड दिनु भयो।

एशिसिएशनले निकट भविष्य मै युरोप स्तरिय शैक्षिक सम्मेलन गर्ने र एशोसियनलाई सम्पूर्ण युरोपमा बिस्तार गर्ने योजना स्वरुप अग्रज हरुको सुझाव सल्लाहलाइ प्रमुख प्राथमिकता दिने उद्देश्यले अधिवेशनले समाजसेवी हेम कुमार श्रेष्ठ लाई प्रमुख अविभावकमा चयन् गर्दै डा. अर्बिन्द मान तुलाधर , डा. निराजन ढकाल र डा. प्रतिक श्रेष्ठ रहने गरी सल्लाहकार समिती समेत् गठन गरेको छ। बिज्ञानको आविष्कार नेदर्ल्यान्ड बाटै भएको र प्रसिद्द बैज्ञानीक अर्बर्ट आइन्स्टाइनले १३ बर्ष प्रोफेसर रही बिज्ञानलाई मुर्त रुपमा स्थापित गरेको देश नेदर्ल्यान्ड भएकै कारण पनि नेपाली भाषी इन्जिनियर्स एशिसिएशन गठन गर्दै सम्पूर्ण नेपाली दोस्रो युवा पुस्तालाई हौसला प्रदान गर्न पाउनु एशोसिएसनलाई गर्वको बिषय ठहर गर्दै यस एशोसिएसन नेदर्ल्यान्ड स्थित नेपाली समुदाय तथा युवा पूस्ताको एक मात्र आशा र भरोसाको केन्द्र भएको यहाँका जानकारहरु बताउछन।

श्रोत : द हेग , हेम कुमार श्रेस्ठ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here