डोनाल्ड र मेलानीया ट्रम्प दुबैलाई कोरोना भाइरसको संक्रमण

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, ‘म र प्रथम महिला दुबै कोभिड-१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।’

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here