डेनमार्कका राजेश लामा बने इनास ग्लोबल सिंगिंग स्टार २०२०, डान्सिंग स्टारमा पूर्ण लामा विजयी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले आयोजना गरेको विश्वव्यापि अनलाईन गायन तथा नृत्य प्रतियोगिता २०२० को उपाधि पूर्ण लामा र डेन्मार्कका राजेश लामाले जितेका छन्। इनासले पहिलोपटक विश्वस्तरमा आयोजना गरेको यस प्रतियोगितामा नृत्य तर्फ नेपालका पूर्ण लामा र गायन तर्फ डेन्मार्कका राजेश लामाले उपाधि जितेका हुन्। प्रतियोगितामा उपाधि सहित दुवै कलाकारहरुले एक बर्षका लागि इनासको अवैतनिक ग्लोबल सदभावना राजदूतको उपाधि समेत प्राप्त गरेका छन्।

हरेक वर्ष महादेशस्तरमा नृत्य र गायन प्रतियोगिता आयोजना गर्दै आएको इनासले पहिलोपटक आयोजना गरेको यस प्रतियोगितामा विश्वभरिका धेरै नेपाली कलाकारहरुले भाग लिएका थिए। महादेश र ग्लोबल चरण रहने गरि अडिशन, क्वाटरफ़ाइनल सेमिफाइनल र फाइनल समेत चार चरणमा आयोजना गरिएको यस प्रतियोगितामा नृत्य तर्फ नेपालका शेखर घर्ति मगर दोश्रो र नेपालकै रबिता मगरले तेश्रो स्थान हासिल गरिन भने गायन तर्फ नेपालका शान्ति राई र चेक गणराज्यका डा. विजय गुरुङले क्रमश: दोश्रो र तेश्रो हुदै फस्ट रनर अप र सेकेण्ड रनर अपको उपाधी हात पारे।

नृत्य र गायन प्रतियोगिताको दुवै विधामा अडिशनको लागि बिभिन्न महादेशबाट करिब १७ सयको हाराहारीमा कलाकारहरुको भिडियोहरु आएको र त्यसमध्ये ४९२ कलाकारहरु मात्र अडिशनमा सहभागी हुन सफल भएका थिए भने २९८ जना क्वाटरफ़ाइनलमा प्रवेश गरेका थिए। क्वाटरफ़ाइनमा रहेका प्रतियोगीहरु मध्ये पब्लिक भोटिंग र निर्णायकहरुको अंकको आधारमा ५० जना सेमी-फाइनल र १० जना फ़ाइनल चरणमा प्रवेश गरेका थिए।

यस प्रतियोगितामा बिजेता तथा उपबिजेताहरुले नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन भने इनासले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुने अवसर समेत पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here