फ्रान्समा कोरोनाका संक्रमितको संख्यामा रेकर्ड: पछिल्लो २४ घण्टामा २७ हजार संक्रमित

फ्रान्समा कोरोना संक्रमितको संख्या डरलाग्दो रफ्तारमा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा अहिले सम्मकै ठुलो संख्यामा संक्रमित पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फ्रान्समा पछिल्लो २४ घण्टामा करिब २७ हजार कोरोना संक्रमित भएका छन्। शुक्रबार यो संख्या करिब २० हजार सम्म पुगेको थियो। संक्रमितहरुको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य महानिर्देशनालयका अनुसार कुल संक्रमितहरुको संख्या ७ लाख १८ हजार पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन्। यो संगै कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ३२ हजार ६८४ पुगेको छ। कुनै समयमा प्रतिदिन १५०० को मृत्यु हुने गरेकोमा अहिले त्यो संख्या भने प्रतिदिन ५०-६० मा झरेको छ।

संक्रमितहरुमध्ये ७८६४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। जसमध्ये १४४८ जनाको अवस्था चिन्ताजनक रहेको र आइसीयुमा उपचार भईरहेको छ। पेरिस क्षेत्रमा मात्रै २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने ४६३ जनाको आइसीयुमा उपचार हुदै छ। फ्रान्सभरी परिक्षण गराउने मध्य ११ प्रतिशतमा कोरोना संक्रमण पुष्टी हुने गरेको छ, अर्थात १०० जना परिक्षण गराउन जाँदा ११ जना कोरोना संक्रमितको रुपमा नाम दर्ता गराएर घर फर्किन्छन। यो अवस्थामा विधालयहरु र सपिङ् महलहरु भने खुल्ला नै गरिएका छन।

सरकारले लिल, पेरिस, लियों, मार्साई, बोर्दो जस्ता ठुला सहरहरुमा थप कडाइ गरेको छ, कतिपय क्षेत्रमा रेस्टुरेन्ट र बारहरु बन्द गरिएका छन। फ्रेन्चहरु कसैलाई आफ्नो व्यवसाय धरासाय बन्दै गएको र कसैलाई अब आउदै गरेको क्रिसमस परिवार (वृद्व बुवा आमा) संग बसेर मनाउन नपाइने हो कि भन्ने चिन्ता जनमानसमा छाएको छ। कोरोनाको दोस्रो र डरलाग्दो छालले फेरी मार्चको जस्तै लकडाउन निम्त्याउने अनुमान गर्न थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here