एन आर एन फ्रान्सको देउसी भैलो भब्यरुपमा सम्पन्न, संस्थाको अहिले सम्मकै उत्कृष्ट

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा यहि १८ नोभेम्बर २०१८ का दिन सामुहिक रुपमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आपतकालीन कोषको लागि आर्थिक संकलन गर्ने उद्देस्यले नेपाली राजदुतावास फ्रान्सकी महामहिम राजदुत अम्बिका देवी लुईटेल मानन्धर ज्युको निवास बाट सुरुवात गर्दै धेरैको घर-दैलो गर्दै अन्तिम दिन पेरिस नजिकैको Kamran रेस्टुरेन्टमा यस बर्षको देउसीभैलो समापन गरिएको  छ । एन आर एन ए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्व सम्पन्न कार्यक्रममा आइ सी सी फ्रान्सका सदस्य सुबर्ण बिक्रम हमालले स्वागत मन्तब्य दिनुभएको थियो ।  कार्यक्रम संचालक महासचिव नरेन्द्र शाहीले कार्यक्रममा उपस्तिथ सबैलाइ एकैपटक अतिथिको रुपमा आसन ग्रहण गराउदै दुइ जना चेलीहरुको भैलिनी नृत्य बाट कार्यक्रमको सुरुवात गरिएको थियो । करिब १० बर्ष देखि निरन्तरता पाएको कार्यक्रम यस पटक हलमा समापन गरिएकोले अहिले सम्मकै उत्कृस्ट भएको संस्थाका अध्यक्ष एक बहादुर मल्लले बताउनु भएको छ । संस्थाले घर-दैलो देउसी मार्फत लगभग पैंतीस सय युरो र सामुहिक रुपमा गरिएको देउसीभैलोमा लगभग तेतिस सय युरो गरि खर्चहरु कटौती गर्दा लगभग ६ हजार २ सय युरो संस्थाको आपतकालीन कोषको लागि संकलन गर्न सफल भएको छ । गत बर्षको तुलनामा झन्डै पचास प्रतिशतले बडी हुन आउछ ।   

कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रमुख संरक्षक मुकुन्द अमात्य, भू पु अध्यक्षहरु निर्मल अर्याल, घनश्याम पौडेल, आइ सी सी सदस्य सुबर्ण बिक्रम हमाल, सल्लाहाकारहरु हरि सापकोटा, थमन टन्डन, कृष्ण अधिकारि, अनिता गुरुङ उपस्थित हुनुहुन्थ्यो । हलमा सम्पन्न कार्यक्रममा फ्रान्स स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्तिथिती रहेको थियो साथै ३५ जना भन्दा बढीले दक्षिणा स्वरुप आर्थिक सहयोग गरेका थिए यसपटक संस्थाले ९ ओटा घरदैलो देउसी (रेस्टुरेन्ट आदि) कार्यक्रम गरेर अन्तिम दिन हलमा कार्यक्रम गरेको हो । तिहार बिशेष बिभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे गित र नाचगानका साथ कार्यक्रम रमाइलो भएको उपस्थितहरुले बताएका थिए । सामुहिक देउसीभैलो कार्यक्रमको संचालन महासचिव नरेन्द्र शाहीले गर्नु भएको थियो साथै अन्त्यमा एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले कार्यक्रममा उपस्थित हुनुहुने, दक्षिणा दिनुहुने महानुभावहरुलाई  र कार्यक्रम सफल पर्न अहोरात्र खटिनुहुने एन आर एन फ्रान्सका कार्यसमितिका साथीहरु र सहयोगी साथीहरु सबैलाइ धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

 

1 COMMENT

  1. राम्रो कार्यक्रमको मीठो अनि ठिक्क आयतनको समाचार ।
    प्रकाश बाबुलाई धन्यबाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here