अमेरिका : तल्लो सदनमा डेमोक्रेट्स, माथिल्लोमा रिपब्लिकनलाइ सफलता, नेपाली मुलका युवा ह्यारी भण्डारी विजयी

अमेरिकामा भएको मध्यावधिक चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभ डेमोक्र्याटिक पार्टीले नियन्त्रण  गरेको छ । मतगणना अन्तिम चरणमा पुग्दा तल्लो सदनमा डेमोक्र्याटिक पार्टीले बहुमत ल्याउने देखिएको हो ।

माथिल्लो सदन सिनेटमा भने रिपब्लिकन पार्टीले बहुमत कायम गर्न पुनः सफल भएको छ । तल्लो सदनमा पनि रिपब्लिकन नै अघि रहेकोमा त्यसलाई उल्ट्याउँदै डेमोक्र्याटिक पार्टीले बहुमत ल्याएको हो ।

तल्लो सदनका ४३५ सिटका लागि भएको मतदानमा डेकोक्र्याटिक पार्टीले बहुमतका लागि चाहिने २१८ सिटमा जित दर्ता गरिसकेको छ ।

माथिल्लो सदनमा पनि नियन्त्रण कायम गर्ने अपेक्षा गरिएकोमा महत्वपूर्ण सिट गुमाएपछि रिपब्लिकन अघि लागेको हो । सिनेटमा बहुमतका लागि आवश्यक ५१ सिट जितिसकेको छ । तल्लो सदनमा भने डेमोक्र्याटिक पार्टी ८ वर्षपछि पुनः आफ्नो पकड कायम गर्न सफल भएको हो । डेमोक्र्याटिक पार्टीकी नेतृ न्यान्सी पेलोसी तल्लो सदनको सभामुख बन्ने पक्का छ ।

अमेरिकी चुनाव जित्दै नेपाली युवा ह्यारी भण्डारीले बनाए नयाँ रेकर्ड

अमेरिका छिरेको १३ बर्षमा त्यहाँको मेरिल्यान्ड राज्यबाट चुनाव जित्दै नेपाली युवा ह्यारी भण्डारीले नयाँ रेकर्ड बनाएका छन् ।

मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्रेटिक दलका तर्फबाट राज्य सभामा भण्डारी निर्वाचित भई सांसद बनेका हुन् । अमेरिकामा रहेका नेपाली समुदायको इतिहासमा उनले रेकर्ड स्थापित गरेका हुन् । गएको २६ जुनमा भएको पहिलो चरणको चुनावमा डेमोक्रेटिक दलका तर्फबाट उनि दोश्रो स्थानमा परी विजयी भएका थिए । मध्यावधि चुनावमा उनले दोश्रो स्थान हात पारी जीत सुनिश्चित गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here