फ्रान्स, संक्रमितको संख्या चीनमा भन्दा धेरै, वृद्धाश्रममै मृत्यु हुने २५% तथ्यांकमा सच्याइयो

इटाली स्पेन र अमेरिका पछि कोरोनाभाइरसबाट सबैभन्दा ठूलो सङ्ख्यामा नागरिकहरुको मृत्यु हुने देश फ्रान्स बनेको छ । शुक्रबारको तथ्यांकसँगै धेरै मानिस सङ्क्रमित भएका मुलुकको सूचीमा फ्रान्स पाँचौं स्थानमा पुगेको छ । संयुक्त राज्य अमेरिका, स्पेन, इटाली र जर्मनीमा फ्रान्स र चीनमा भन्दा बढी सङ्क्रमित फेला परेका छन ।

फ्रान्सको पछिल्लो तथ्याङ्क (३ अप्रिल २०२०) अनुसार, यहाँ कुल ६ हजार ५ सय ७ जना मानिसले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् । सङ्क्रमितको सङ्ख्या ८२ हजार एक सय ६५ पुगेको छ । फ्रान्सले यसअघि अस्पतालहरू बाट प्राप्त तथ्याङ्क मात्र कोरोना भाइरसको कारण मृत्यु हुने सुचीमा राख्ने गरेको थियो भने नर्सिङ होम सहितको वृद्धाश्रम बाट प्राप्त तथ्याङ्क जोड्दा मृतकको सङ्ख्या र सङ्क्रमितको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ ।

सरकारले धेरै नागरिकहरूको सङ्क्रमण र मृत्युको रिपोर्ट लुकाएको र वृद्धाश्रममा मृत्यु हुनेको संख्या सार्वजनिक नगरिएको भनेर धेरै आलोचना खेपेको थियो । फ्रान्सका स्वास्थ्यमन्त्रि ओलिभिए भेरंले सरकारले कोरोना संक्रमितको संख्यामा पारदर्शिता राख्दै सबै जानकारीहरु सार्वजनिक गर्ने प्रतिबद्वता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here