महामारीको बेला फ्रान्समा “आतंककारी हमला”, धारिलो हतियारले दुईको हत्या पाँच घाइते

फ्रान्सको दक्षिण पूर्वमा रहेको सहर Romans-sur-Isère मा एक व्यक्तिले शनिबार धारिलो हतियार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गर्दा दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते बनेका छन् ।

आक्रमण गर्ने व्यक्तिलाइ घटनाको केहिबेरमै प्रहरीले नियन्त्रणमा लिएको थियो। फ्रान्सका गृहमन्त्रि क्रिस्टोफ कास्तानेर घटनास्थल पुगी त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए। संचारकर्मीहरु संग बोल्दै उनले आक्रमणको आतंकवादी समुह संग सम्बन्ध हुनसक्ने बताएका थिए। आक्रमणकारी सुडानबाट आइ फ्रान्समा शरणार्थीको रुपमा बसोबास गरिरहेको प्रारम्भिक अनुसन्धान बाट थाहा हुन आएको छ। अहिले यस घटनाको छानविन गर्ने जिम्मेवारी प्रहरीको आतंकवाद नियन्त्रण गर्ने निकायलाइ दिइएको छ।

आक्रमणकारीले लियों बाट करिब ८० किलोमिटर टाढा पर्ने सानो शहरको एउटा खाद्यान्न पसलमा प्रवेश गरी त्यहाँ भएकामाथि धारीलो हतियारद्वारा आक्रमण गरेका थिए। त्यसलगत्तै आक्रमणकारीले मासु पसलमा पुगी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । आक्रमणको उद्देश्य अझै थाहा हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणका कारण फ्रान्समा अहिले लकडाउन भैरहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here