स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा – कोरोना विरुद्व एक हुन सन्देश

यहि २५ अप्रिलको रातमा स्विजरल्याण्ड स्थित जेर्मात शहर नजिकैको सेर्भिन हिमाल (fr: Mont Cervin /Matterhorn) मा ठुलो आकारको नेपालको झण्डा प्रक्षेपण (प्रोजेक्सन) गरियो।

कोरोना विरुद्व एकबद्वाता जनाउन त्यहाँको नगरपालिकाको पहलमा हरेक दिन बिभिन्न देशका झण्डा हिमालमा प्रक्षेपण गरिदै छ। यसै क्रममा नेपालको झण्डा स्विस हिमालमा देखिएको तस्विरका साथै नेपालका बारेमा जानकारीहरु त्यहाँको स्थानीय समाचार र सामाजिक सञ्जालहरु मार्फत प्रचार प्रसार गरिएको थियो।

झण्डा संगै लेखिएको थियो नेपाल एक असल र मित्रव्यत नागरिक भएका देश मात्र होइन, विश्वमा सब भन्दा अग्लो हिमाल भएको देश पनि हो। जेर्मात एक पहाडी गाउँ भएकोले नेपाल संग जोडिएको महसुस हुन्छ । जेर्मातले हिमाली उद्धार र हेरचाहको क्षेत्रमा वर्षौंदेखि स्थानीय जनतालाई प्रभावकारी सहयोग प्रदान गर्दै आएको छ। कोरोना बाट प्रभावित सबै संग हामी एकवद्व छौँ।

सेर्भिन हिमाल स्विजरल्याण्ड प्रतीक पनि हो, स्विसहरुले यस हिमाललाई औधी मन पराउछन। यी प्रक्षेपणहरु मार्फत, जेर्मात मानिसहरुलाई कोरोनाभाइरस संग जोडिएको महामारीको कठिन अवधिमा आशा र एकजुटताको संकेत दिन चाहन्छ भन्दै यो प्रोजेक्टको बारेमा नगरपालिकाले जानकारीहरु दिएको छ।

© Light Art by Gerry Hofstetter / Foto Michael Portmann

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here