चीनबाट फ्रान्समा ल्याउन राखिएका मास्क अमेरिकाले तेब्बर मूल्य तिरेर लगेपछि चर्काचर्की

फ्रान्सले चीन संग १ अर्ब मास्क खरिद गर्न लागेको छ। फ्रान्स सरकार र यहाँका ठुला अन्तरास्ट्रिय कम्पनिहरुको सहयोगमा उक्त खरिद प्रक्रिया अगाडी बढाइएको हो। तर अहिले स्वास्थ्य सामाग्री बिशेष गरि मास्क खरिद गर्नु युद्व जित्न जस्तै गार्हो हुने गरेको फ्रान्सेली सञ्चार माध्यमहरुले बताइरहेका छन्।

फ्रान्सले चीनसंग खरिद गरेको करोडौ मास्क डेलिवरी गर्न तयारी राखेको अवस्थामा अमेरिकाले तिन गुणा बढी पैसा नगद तिरेर आफ्नो देशमा लागेपछि फ्रान्समा यसको विरोध भएको छ। फ्रान्स उड्ने विमान अन्तत: मास्क बोकेर अमेरिका उडेको फ्रान्सको ग्रान्ड इस्ट क्षेत्रका प्रमुख रनो मुसेलिएले जानकारी दिएका छन्। फ्रान्सले उक्त लटको भुक्तानी समेत गरिसकेको थियो। अमेरिकाले अहिले विश्वभरी बाट उच्च दरमा मास्क किनिरहेको मुसेलिएले बताएका छन्। अमेरिकाले केहि साता भित्र करिब ३ अर्ब मास्क किन्ने बताउदै विश्व बजारमा आक्रामक रणनीति लिएको छ।

तस्विर : actu

चीनले अहिले विश्वभरि मास्क लगायत मेडिकल सामान वितरण गरिरहेको छ। चीन भित्र कोरोनाको संक्रमण रोकिएसंगै उसले अन्य देशहरुलाइ सहयोग गर्दै आइरहेको छ। अमेरिकामा भने मस्कको हाहाकार भएको छ। रास्ट्रपति ट्रम्पले एउटै मास्क २० पटकसम्म प्रयोग गर्न सुझाव दिएका छन्। गत म‌ंगलबार उनले मास्क नहुनेहरुलाई कपडाले मुख छोप्न आग्रह गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here