कम्युनिस्टहरुले याद गर्ने “पेरिस कम्युन” क्रान्ति र ७२ दिने कम्युनिस्ट सरकारले गरेका काम

प्रकाश सापकोटा, फ्रान्स | नापोलेओन बोनापार्ट (प्रथम) फ्रान्सका सम्राट हुँदा युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखेका थिए।  उनको मृत्यु र राजाको पुर्नागमन पछि पुनः फेरी बोनापार्ट परिवारकै नपोलेओन तृतीयले सन् १९५२ पछि सत्ता कब्जा गरि सम्राट बने। उनको कार्यकालमा उनले युद्व भन्दा विकाश निर्माण तर्फ बढी समय दिए। जर्मन लगायत केहि देशहरु मिलेर नापोलेओन प्रथमले गरेको युद्व र अपमानको बदला लिन सेना तयार गर्दै एकीकृत हुन थालेका थिए। उनीहरुले विकाशको गति लिएको फ्रान्सलाइ परास्त गरि कमजोर बनाएर आफ्नो अधिनमा राख्न चाहन्थे। 

१८७० मा फ्रान्समा नापोलेओन तृतीयको शासन थियो। जर्मन लगायत उत्तर पूर्वी देशहरु मिलेर बनेको प्रुसिया आर्मीसंग ६ महिना युद्व लडेपछि सन् १८८० मा फ्रेन्चहरुले हार स्वीकार गर्नु पर्यो। नपोलेओन तृतीय बन्दि बनाइए र पेरिसमा प्रुसियन आर्मीको गस्ती सुरु भयो। हार संगै फ्रान्सले आल्जास र लोरेन दुइ राज्यहरु जर्मनीलाइ बुझाउनु पर्यो र साथै युद्वको सम्पूर्ण खर्च जरिवाना स्वरुप बेहोरिदिनु पर्ने भयो। प्रुसियन सेनाको अधिनमा रहेको फ्रान्सका जनता गरिबीमा डुब्दै गैरहेका थिए। प्रुसियनहरुको इसारामा चल्ने सरकारले गरेको ज्यादतीको विरुद्व क्रान्त्रि गर्ने मनसाय बनाएका पेरिसवासिहरुले ३०० ओटा तोप सहित हजारौं बन्दुक लुकाएर राखेका थिए। १८ मार्च १८७१ का दिन सरकार प्रमुखले ति सबै तोपहरु कब्जामा लिन पेरिस स्थित मोंमार्थको टापुमा सैनिकहरु पठाए। पेरिसका युवा वृद्व बालबालिका सबै त्यो ठाउँमा बाँध बनेर खडा भए। हमला गर्न गएका सेनाका कमान्डरले अवरोध गर्ने सबैलाइ गोलि हान्न आदेश दिए तर सैनिकहरुले उनको आदेश मानेनन्। 

त्यसपछि पेरिसबासिहरुले शहरका सबै जसो ठाउँहरुमा सेना रोक्न छेकावारहरु बनाउन थाले, त्यसैदिन दुइजना जेनेरलहरुको पनि हत्या गरियो। सेनाभित्र पनि बिद्रोह सुरु भएपछि सरकारका सबै मन्त्रिहरु र उच्चतहका नेताहरु पेरिस छोडेर भर्साइ दरवार तर्फ भागे।

त्यसको केहि समय पछि पेरिसबासिहरुले निर्वाचनको आव्हान गरे। २६ मार्चको दिन सम्पन्न चुनावमा कम्युनिस्टहरुले अत्यधिक बहुमत प्राप्त गरे। पेरिसका हरेक कुनामा राता झन्डाहरु फहराउन थालियो निर्वाचितहुनेहरु गणतान्त्रिक समाजवादी पक्षधर निम्न बर्गीय कामदारहरु र मध्यम बर्गीयहरुको बाहुल्यता रहेको थियो। 

सत्ता प्राप्ति पछि कम्युनिस्टहरुले कलकारखानाहरुलाइ कब्जा गरि त्यहि काम गर्ने कामदारको हातमा संचालनको जिम्मा दिएका थिए। केहि महिना सम्म पेरिसका कोठा भाडा मिनाह गरिएक थियो, न्याय प्रणाली लाइ सर्वसुलभ बनाउदै सर्वासाघारणको लागि निशुल्क बनाइएको थियो, महिला शिक्षा समानता र स्वतन्त्रता लाइ प्राथमिकता दिइयो, शिक्षक शिशिकाको तलब दोब्बर बढाइएको थियो। बिधालय हरेक बालबालिकाको लागि अनिबार्य र निशुल्क र धर्म निरपेक्ष बनाइएको थियो। चर्चहरुमा छलफल कक्षहरु बनाइयो जहाँ महिलाहरुले पनि समसामायिक विषयका छलफलमा भाग लिन पाउन थाले।  त्यसबेलाका पेरिसका मेयर जुल्स फेरी थिए जसलाई आज पनि बामपन्थी नेताहरुले आफना भाषणमा सम्झने गर्दछन। 

भर्साइ दरबार तर्फ भागेका पुर्व राजावादीहरुले २ अप्रिलका दिन पेरिसमा ठुलो सैनिक फौजका साथ हमला गरे। लाखौँ मान्छेको हत्या गरियो। सिपाहीहरुले क्रान्तिकारी जस्तो देखिने र हातमा बारुदको जस्तो कालो दाग लागेका जोकोहिलाइ पनि गोलि हानि हत्या गरे, बिदेशी जस्ता देखिने सबैलाई गोलि हानियो। पेरिसका म्युजीयम चर्च दरवार अदालत आदिमा आगो लगाइयो र अन्तिममा पेर लाशेज (प्रशिद्व चिहानघारी) मा लुकेका अन्तिम दर्जनौ क्रान्तिकारीहरु मरिएपछि पेरिस पुनः तिनै पुँजीवादी दरबारियाहरुको नियन्त्रणमा आयो। भुपु राजवादी दरबारिया अडोल्फ तिएर्सले सत्ता आफ्नो हातमा लिएर फ्रान्सका दोस्रो रास्ट्रपति बन्न पुगे। 

पेरिस कम्युनमा त्यतिबेला कम्युनिस्टहरुले ७२ दिन मात्र शासन गरे तर यो क्रान्ति र थोरै समयमा गरिएका धेरै समाजादी कामहरुले यस इतिहासलाई सुनौलो अक्षरमा आज सम्म जिवन्त राखेको छ।  यसबाट कार्ल मार्स र फ्रेदेरिक एंगेल्स लाइ पनि कम्युनिस्ट आन्दोलनमा धेरै प्रेरणा दिएको मानिन्छ। पुँजीवादी र सर्वहरावर्ग यो संघर्ष विश्वका सम्पूर्ण मजदुर आन्दोलनको लागि प्रेरणाको श्रोत बन्न पुग्यो।  त्यतिबेला पेरिसका क्रान्तिकारी युगेन पोतिएले लेखेको प्रशिद्व धुन L’Internationale समग्र कम्युनिस्टहरुको धुन बन्न पुग्यो। दशकौं सम्म यो तत्कालिन सोभियत संघको रास्ट्रिय धुन बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here