प्रवासी नेपाली एकता मंच फ़्रान्स द्वारा भरतपुरमा नि:शुल्क दन्त शिबिर सम्पन्न

प्रवासी नेपाली एकता मंचको आयोजनामा भरतपुर नगरपालिकाको पटिहानी स्थित शिवालय मन्दिर परिसरमा नि:शुल्क दन्त शिबिर सम्पन्न भएको छ ।  कार्तिक २० गते (६ नोभेम्बरमा का दिन) सम्पन्न  उक्त कार्यक्रममा ९५ (पन्चानब्बे) जना दन्त रोगका पिडितहरु लाभान्वित भएको प्रवासी नेपाली एकता मञ्च फ़्रान्स (ONUF) का कार्यकारी सदस्य संकर अर्यालले पेरिस नेपाल डट कम लाइ जानकारी गराउनु भयो।  कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका तर्फ बाट सचिव सुमन पौडेल, सदस्य संकर अर्याल र उमेश पौडेल उपस्थित हुनुहुन्थ्यो।

दन्त शिविरमा चितवन मेडिकल कलेजका दन्त विशेषज्ञको टोलिले दन्त परिक्षण गरेका थिए।  कार्यक्रममा जनप्रतिनिधिहरु भरतपुर २२ वडा का अध्यक्ष, पटिहानी टोल सुधार समितिका अध्यक्ष र आमा समुहका सदस्यहरु उपस्थित थिए । प्रवासी नेपाली एकता मञ्च फ़्रान्सले कार्यक्रममा सहयोग गर्नुहुने मेडिकल कलेजका विशेषज्ञहरु, आमा समुहका सदस्यहरु र स्वयंसेवकहरुलाई प्रशंसा पत्र दिदैं सम्मान गरेको थियो।

1 COMMENT

  1. बाबुहरु फ्रान्समा बस्नु भएको केहि हदमा साकार भयो । तिनै भाइलाई धन्यबाद छ ।
    Hrihr aryal, paris.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here