अमेरिकी चुनावको मुखमा धमाधम फेसबुक एकाउन्टहरु बन्द

अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय पन्द्र विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट खाता बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए।  ति खाता भएका व्यक्ति एवं संस्थाका कृयाकलापहरु शंकास्पद रहेको पहिचान भएको छ । ती खाताहरु फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ । अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ ।

साथै करिब १० हजार ट्वीटर एकाउन्ट पनि बन्द गरिएको छ, ति एकाउन्टहरुबाट स्वचालित तरिकाले मान्छेहरुलाई भोटहाल्न आग्रह गर्दै ट्वीट हुने गर्थे।  राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here