एन आर एन फ्रान्सको साधारणसभा यही अक्टूबर ७ तारिख हुने । यस्तो छ तयारी

एन आर एन फ्रान्सको यही २३ सेप्टेम्बर १०१८ मा बसेको कार्यसमितिको बैठकले संस्थाको साधारणसभा यही अक्टूबरमा गर्ने पूर्व निर्णय लाइ पारित गर्दै तयारी थालेको बैठकमा आर्थिक गतिबिधि विवरण तीज लगाएका कार्यक्रमहरुको समीक्षा समेत गरीएको थियो

कार्यसमितिले एक बर्ष पूरा गर्दा के कती काममा सफल भयो के के काम कसरी अगाडि बडदै भन्ने बिषयमा आगामी साधारणसभामा विवरण पेश गरिने त्यसको मूल्याँकन हुनेछ  कार्यक्रमको जानकारी र निमनत्रणा गर्ने काम संस्थाका महासचिव  र सचिवद्वारा भैरहेको छ भने साधारणसभालाई सफल पार्न चेत भक्त ढुंगानाको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ। कार्यक्रममा आई सि सि का पदाधिकारीहरु तथा छिमेकी राष्ट्रका एन सी सी बाट केहि पदाधिकारीहरुलाई समेत उपस्थितिका लागि निमन्त्रणा गरिने भएको छ ।

संस्थाले नियमित वार्षिक कार्यक्रमहरु बाहेक यस बर्ष रक्तदान, महिला फोरम गठन, चलचित्र प्रदर्शन, नगरपालिका संग पिकनिक, युरोप छेत्रीय बैठकमा बाक्लो उपस्तिथि आदी थप कामहरु गरेको  केही कूराहरूमा जनगुनासोहरू भएमा त्यसमा पनी पंजीकृत सदस्यहरु माँझ संस्थाको प्रस्ट धारणा रखिने जनाइएको  

साधारणसभामा बर्ष भरी गरेका कार्य प्रगति, बार्षिक आयब्यय र आगामी बर्षमा गर्ने सम्भाबित कार्ययोजना मा छलफल र निर्णय गर्दै सबैखाले आर्थिक सामाजिक चूनौतीहरु सामना गर्दै संस्था कसरी अगाडी बढनेछ भन्ने बिषयमा जानकारी दिदै अध्यक्ष एक बहादुर मल्ल द्वारा आफ्नो आधा कार्यकालको मूल्याँकन हूनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here