फ्रान्स : बालिका निर्मला पन्त हत्याकान्ड – पेरिसमा बिरोध कार्यक्रम हुने

फोटो स्रोत : nayapatrikadaily

फ्रान्समा रहेका नेपालीहरु JUSTICE FOR NIRMALA भन्ने नाराका साथ बलात्कार पछि हत्या गरीएकी बालिका निर्मला पन्त लगायत समस्त हिंसा पिडित नारीहरूको न्यायका लागी भेला हुने भएका छन ।

आउदो आइताबार २३ सेप्टेम्बरका दिन कालो पोशाक लगाएर १८ पेरिस स्थित Stalingrad Parc मा कार्यक्रम हुने भएको छ । यो कार्यक्रम कुनै संघसंस्थाहरूबाट नभइ सक्रिय र सचेत सामाजिक ब्यक्तित्वहरूको पहलबाट हुनलागेको हो । २३ सेप्टेम्बरका दिन दिउसो ३:३० देखि सुरु गरिने उक्त कार्यक्रममा शान्तिपुर्ण तरिकाले सामुहिक रुपमा मैनबत्ती जलाउने र महिलाहरुमाथि भइरहेको हिँसा हत्या र बलात्कार जस्ता जघन्य अपराधका बारेमा कविता, कथा, नाटक या कुनै माध्यममार्फत रचनात्मक तथा सृजनात्मक बिरोधका कार्यक्रम हुनेछन् । साथै त्यहाँ आँफूलाई मन लागेका केहि सन्देशहरु खाली सेतो कागजमा लेखेर ल्याउन सकिने पनि बताइएको छ ।

कार्यक्रममा कुनै पनि राजनीतिक पार्टी या कुनै पनि संघसंस्थाको कुनैपनि गतिबिधिहरुको कुरा नहुने बताइएको छ । कार्यक्रम कोसैको बिरोध गर्नको लागी नभइ महिला हिंसा बिरुद्द र न्याय माग्नको लागी मात्र हूनेछ । नेपालमा महिलाहरू प्रति दुर्ब्यबहार दिनाहु बडदो छ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको हत्या भएको २ महिना बित्न लाग्दा पनि अपराधिहरु पक्राउ पर्न नसकेको र प्रहरी प्रशासनले नै घटनाका प्रमाण हरु ढाकछोप गरेको भन्दै देश तथा विदेशमा निर्मलाको न्यायका लागि स्वतस्फूर्त रुपमा आवाजहरु उठिरहेका छन् ।

फ्रांन्समा गरिने यस कार्यक्रमले नेपाली सरकार, प्रशासन आदि ठाऊँमा केही सन्देश जाला वा नजाला तर महिलाहरू प्रति दुर्ब्यबहार गर्ने पुरूषवादी नेपाली समाजलाई, आजका महिलाहरू आफ्नो न्यायको बिषयमा धेरैनै संबेदनशील छन र न्यायका लागी संसारका कुना कुना बाट पनी मानव सागर बनेर आवाज उठाउन सक्छन भन्ने सन्देश पक्कै जनेछ ।

बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तका बाबुआमा
निर्मला पन्त को शव यस्तो अवस्थामा फेला परेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here