फ्रान्स सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

फ्रान्स सरकारले नेपाललाई कोभिड १९ रोकथामका लागि अनुदानमा दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो ।

बुधवार विहानै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सवा जाभिए लेजेले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

फ्रान्स सरकारले नेपाललाइ पाँच लाख चार हजार थान एफएफपिटू मास्क, २० हजार २२५ थान एन्टिजेनिक टेष्ट किट, १२ हजार थान सुरक्षा चस्मा र १४ वटा भेन्टिलेटर हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here