राष्ट्रपतिमाथि महाअभियोग लगाउन विवेकशील साझाको आह्वान

विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउन आह्वान गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि श्रृंखलाबद्ध रूपमा प्रहार भइरहेकाे भन्दै  चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसदमा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here