पेरिसको आइफल टावर अगाडी “नेपाली टोपी दिवस” कार्यक्रम गरिने

गोर्खाली समाज फ्रान्सको आयोजनामा यहि १ जनवरि २०२२ का दिन फ्रान्सको आइफल टावर अगाडी टोपी दिवस तथा नयाँ बर्ष २०२२ को शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ। ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नारा सहित नेपाल लगायत विश्वभर स्वत फुर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावर अगाडी टोपी दिवस मनाउने भएका हुन्।

२०१९ बाट गोर्खाली समाज फ्रान्सले सुरु गरेको टोपी दिवस गत बर्ष कोभिडको कारण स्थगित भएको थियो।

सँस्थाले जारी गरेको सूचना  :

—————–

सूचना ! सूचना !! सूचना !!!

समस्त नेपालीहरुको गौरव, नेपाली टोपीलाई माया र सम्मान गरेर बिश्व भरी छरियर रहेका नेपाली समुदायले हरेक वर्ष जनावरी १ तारिकका दिन “नेपाली टोपी दिवस” को रुपमा मनाउदै आएको कुरा यहाँहरुलाई अबगत छ।

गोरखाली समाज फ्रान्सले आफ्नो वार्षिक कार्यक्रम मार्फत यो मनाउन आवस्यकता महसुस गर्दै निम्न समय र स्थानमा “नेपाली टोपी दिवस २०२१” आयोजना गरेको हुँदा समस्त फ्रान्सबासी दाजुभाइ दिदीबहिनीहरुमा निम्न मिति र समयमा सहभागी भैइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
(कृपया यथा सम्भव आ-आफ्नो रितिरिवाज झल्कने खालको पोशाक, नेपाली टोपी, साथै नेपाली झन्डा लिई उपस्थित हुनको लागि समेत अनुरोध छ।)

मिति: १ जनावरी २०२१
समय: १५:३०
स्थान: Tour eiffel
(Trocadero) metro: 6 & 9

सम्पर्क
हरिहर अर्याल 07 71 15 67 97
सुरेन्द्र काप्री 06 28 82 38 51
रामेश्वर श्रेस्ठ 06 98 60 93 88
राजेन्द्र श्रेष्ठ 06 52 70 37 87
सुजन बाँनिया 07 53 36 93 08
सुक गुरुङ 06 17 08 13 86
रन्जित भट्ट 07 53 07 49 27

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here