MCC बहिस्कार गर्न माग गर्दै नेपाली राजदुतावास पेरिस मार्फत सरकारको ध्यानाकर्षण

नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले नेपालमा विवादित भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन MCC बारेमा नेपाली राजदुतवास पेरिस मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउदै त्यसमा भएका केहि बुँदाहरु नेपालको संविधान संग बाझिएको बताउदै त्यसमा भएका विवादित सर्तहरु नहटाइए सम्म यथास्थितिमा सम्झौता बहिस्कार गर्नु पर्ने बताएको छ।

जनप्रगतिशील मञ्च फ्रान्सले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाभिमानमा असर पर्ने कुनै पनि सन्धि सम्झौताहरु संसदबाट पास गर्न नहुने भन्दै राजदुतवास मार्फत काठमान्डौ सिंहदरवार स्थित प्रधानमन्त्रीको कार्यालयलाइ जानकारी गराएको बताएको छ। पत्रमा एमसीसी अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिसित जोडिएर आएकोले यो नेपाल जस्तो देशको लागि उपयुक्त नहुने उल्लेख गरिएको छ। फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारिलाइ पत्र बुझाउने कार्यक्रममा जनप्रगतिशील मञ्च फ्रान्सका अध्यक्ष मनोज पौडेल, महासचिव हरि सापकोटा, महिला सदस्य अनुमा मगर तथा मञ्चका अन्य सदस्यहरुको उपस्तिथ रहेको थियो।

नेपालको संसदीय समीकरणमा प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी पारित गराउन प्रतिपक्ष नेकपा एमाले र केही मधेश केन्द्रित पार्टीको साथ लिन सक्ने बताएका छन भने नेकपा माओवादी र नेकपा एस एमसीसी को विपक्षमा रहने बताएका छन।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here