कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाली जनसम्पर्क समिति फ्रान्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्रको पौडेल प्रमुख अतिथित्वमा नेपाली जनसम्पर्क समिति फ्रान्सले  यहि १८ सेप्टेम्बर का दिन एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युरोपका बिभिन्न मुलुकहरुमा रहेका जनसम्पर्क समितिहरुको कार्यक्रममा सहभागी हुन आएका नेपाली कांग्रेसका नेता पौडेल बेल्जियम र लक्जम्बर्गको कार्यक्रम सकेर फ्रान्स आएका हुन ।

कार्यक्रममा नेता पौडेल संगै जनसंपर्क समिति बेल्जीयमकी सभापती सीता सापकोटा सहित पदाधिकारीहरूको पनी उपास्तिथि रहेको थियो।

रामचन्द्र पौडेलले कार्यक्रममा बोल्दै बाम गठबन्धनले अधिनायकबादको उदय भएको र दुइ तिहाइको सरकारले पनी जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको बताएका थिए।

जनसम्पर्क समिति फ़्रान्सका महामन्त्रि कमल बिक्रम के.सि द्वारा संचालीत कार्यक्रममा अध्यक्ष सुधीर राना सहित कार्यसमितिका सदस्यहरू, सल्लाहकारहरू संथापक अध्यक्ष, संरक्षकहरु आदिको उपास्तिथि रहेको थियो ।

घुमघामको क्रममा नेता पौडेल प्रसिद्द आइफल टावर र भर्साइ दरबार पनी पुगेका थिए, उनी बिहिबार २० सेप्टेम्बरका दिन जनसंपर्क समिति पोर्चुगलको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here