नेपाली एकता समाज फ्रान्सको तिज कार्यक्रम सम्पन्न

नेपाली एकता समाज फ्रान्सले यहि गत आइतबार १६ सेप्टेम्बरका दिन तिज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पहिलो पटक गरेको तिज कार्यक्रम बिशेष गरि महिला दिदीबैनीहरुलाई तिजको दर खुवाउदै नेपाली भाषा, कला संस्कृतिको संरक्षण गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने कार्यक्रमको उदेस्य भएको आयोजक संस्थाले जानाएको छ । कार्यक्रममा पुरुषहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो। संस्थाका सल्लाहकार तप्त भण्डारीले कार्यक्रम उत्साहजनक भएको र आगामी बर्षहरुमा तिज कार्यक्रमलाइ निरन्तरता दिदै अझ ब्यबस्थित र भब्य बनाउने बताउनु भएको थियो साथै संस्थाका अध्यक्ष प्रमोद पाण्डेले सहयोगीहरु र सहभागीहरु सबैलाइ हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा फ्रान्स स्थित नेपाली राजदुत र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here