रामचन्द्र पौडेलको युरोप भ्रमणका कार्यक्रम बहिष्कार गर्दै र गुट उपगुटमा विभाजित युरोपियन कांग्रेस

युरोपका कांग्रेसीहरुनै रामचन्द्र पौडेलको भ्रमण गुटबन्दीकोलागि हो भन्दै बहिस्कार गर्न सुरु गरेका छन, बेल्जियममा नेता पौडेल आउदा नेपाली जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष गंगाधर गौतम लगायतका केहि कंग्रेसका व्यक्तिहरुले उनको कार्यक्रममा नजान आग्रह गरेका छन । गंगाधर गौतमले फेसबुकमा सोझै नेता पौडेल गुटबन्दीको लागि आएको भनि आरोप लगाउनुले यो कुरा स्पस्ट परेको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुभास गुरुगंले समेत एक बिज्ञप्ति जारि गर्दै नेता पौडेलको कार्यक्रमलाइ बहिस्कार गर्ने बताएका छन । रामचन्द्र पौडेलले लक्जम्बर्गको कार्यक्रममा शेरबहादुर देउवाको कारण पार्टी संकटमा परेको कुरा जोडदारले उठाएका थिए। रामचन्द्र पौडेल १७ सेप्टेम्बरमा मात्रै बेल्जियमको कार्यक्रम सकेर १८ सेप्टेम्बरमा फ्रान्स आउदै छन। नेपाली जनसम्पर्क समिती लक्स्जम्बर्ग को प्रथम अधिबेशन लाई उद्घाटन गर्न पुगेका पौडेलले नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट अधिबेशन को लागि तोकेका केन्द्रिय प्रतिनिधि नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री नेपाली जनसम्पर्क समिती बेल्जियमका पुर्ब अध्यक्ष पार्टी महाधिवेशन प्रतिनिधि गंगाधर गौतम लाई प्रतिनिधि को रुपमा उदघाटन सत्रमा सस्थाका महामन्त्रीले उदघोस गर्दै गर्दै माइक खोस्ने प्रयास गरेका जसमा उनका छोरा निकै सक्रिय देखिएका भनिएको छ । पार्टीको केन्द्रिय नेतृत्व र परिपत्रलाई अबेज्ञा गर्ने नेता पौडेल लाई युरोपका जनसम्पर्क समितिहरुले बहिष्कार गरौं भन्दै उनि बिरुद्द उत्रिन सुरु भएको जानकारी आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here