सेशेल्समा एन आर एन एनसिसि गठन, गैरआवासीय नेपाली संघको  ७९ औ राष्ट्रिय समन्वय परिषद

१३ सेप्टेम्बर २०१८ ।

गैरआवासीय नेपाली संघको ७९औ एनसिसिको रुपमा एनसिसि सेशेल्स गठन भएको छ । अफ़्रिकि मुलुक सेसेल्स अफ्रिकाको सबै भन्दा बढी प्रति ब्याक्ति आय भएको र थोरै जन संख्या भएको देश हो ।

अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय स्थल मध्ये एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन ।     गत हप्ता १३ सेप्टेम्बरका दिन सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको  एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराउनु भएको थियो । यसरी अन्य पदाधिकारीहरुमा उपाध्यक्ष  मनोज बि.र किशोर कुमार महर्जन,  महासचिव कम्मान सिंह खत्रीसचिब बिश्वजीत कार्कीकोषाध्यक्ष कोमल राज पान्डेयसहकोषाध्यक्ष किरण अधिकारीप्रबक्ता  एकराज सुवेदी महिला संयोजक गोमा अधिकारी र युवा संयोजक राम चन्द्र राई रहनु भएको छ ।  त्यसै गरि सदस्यहरुमा चेतमान कुवरआइन्द्र लिम्बू र  बिष्णु  चयन हुनु भएका छन ।  संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष  हिक्मत थापाका अनुसार सेशेल्स अफ्रिका क्षेत्रको  १७औ राष्ट्रिय समन्वय परिषद्  र गैरआवासीय नेपाली संघको  ७९ औ राष्ट्रिय समन्वय परिषद बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here