परराष्ट्र मन्त्रालयको निर्देशन : एनआरएनए निर्वाचनको जिम्मा संरक्षक परिषदलाई

गैरआवाशीय नेपाली संघ एनआरएनएको निर्वाचन आगामी डिसेम्वर १५ मा गर्ने निर्णय गर्दै अगाडी बढेको वर्तमान कार्यसमितिलाइ पररास्ट्रले रोक लगाएको छ। परराष्ट्र मन्त्रालयले निर्वाचन संरक्षक समितिलाई गर्न दिनु भन्दै एनआरएनए लाई निर्देशन दिएको छ । मन्त्रालयले एनआरएनएलाई आइतबार पत्राचार गरेको थियो ।

प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य पक्षले मन्त्रालयमा उजुरी दिएपछि परराष्ट्रले यसअघि निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो भने त्यसपछि वर्तमान कार्यसमितिले ६ महिना आफ्नो कार्यकाल लम्ब्याएको थियो। यहीबीचमा कार्यसमितिले डिसेम्बर १५ मा नयाँ निर्वाचन तथा  डिसेम्बर १९ र २० मा महाधिवेशनको समेत मिति तोकेको थियो । नयाँ मिति तोकिदा अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यसंग छलफल गरि तय गरिएको भनिएतापनि पररास्ट्रको पत्रले चुनावलाइ नयाँ मोडमा ल्याएको छ।

कुल आचार्य पक्षले वर्तमान कार्यसमिति कामचलाउ भएकोले निर्वाचन गराउने जिम्मा सल्लाहकार समितिलाइ दिनु पर्ने माग गर्दै आएको थियो। प्रतिनिधि छनोटमा १० ६५ र २५ प्रतिशतको कठिन गणितीय शुत्र प्रयोग गरिनु, विधानमा प्रस्ट संग ब्याख्या नगरिनु र MIS सिस्टम प्रयोग नगरी रास्ट्रिय समितिको निर्वाचन/प्रतिनिधि चयन गरिनुले यस पटकको एनआरएनए को चुनाव इतिहासकै कठिन मोडमा पुगेको छ।

पररास्ट्रको पत्र एनआरएनए ले सार्वजनिक गरेको छैन। यसअधिको पत्र पनि लामो समय गोप्य रखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here