कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेल फ्रान्स लगायत युरोपका विभिन्न देशहरुमा आउदै

नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेल यहि १५ देखि २५ सेप्टेम्बर सम्म युरोपका बिभिन्न मुलुकहरुमा रहेका जनसम्पर्क समितिहरुको कार्यक्रममा सहभागी हुदै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । १६ र १७ सेप्टेम्बरमा नेपाली जनसम्पर्क समिति बेल्जियम ले गर्न लागेको अधिवेसन र बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ भने भोलिपल्ट १८ सेप्टेम्बरमा बेलुका ५ बजे रेस्टुरेन्ट माउन्ट एभरेस्टमा नेपाली जनसम्पर्क समिति फ्रान्सले गर्ने “भेटघाट तथा अन्तरक्रिया” कार्यक्रममा सहभागी हुनेछन ।  

यसै क्रममा नेता पौडेल पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, जर्मनी र नेदरल्याण्ड जाने कार्यक्रम रहेको नेपाली कांग्रेसको सचिवालयले जनाएको छ।  

२० सेप्टेम्बरमा नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५ औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिने कार्यक्रम छ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति युरोपका धेरैजस्तो समितिहरु गुटबन्दीबाट पिडित भई आन्तरिक द्वन्दमा फसेको अवस्था छ।  उपसभापति बिमलेन्द्र निधि पोर्तुगल आउदा बिधानमै नभएको नेपाली कांग्रेसको भातृसंगठन गठन हुनलागेको भन्दै धेरै बिबाद उत्पन्न भएको थियो। तेतिबेला कांग्रेस उपसभापति निधिले नेपाली कांग्रेसको युरोप जनसम्पर्क समितिको अधिबेशन छिटोभन्दा छिटो गरेर आपसी सहमति कायम गर्न भेलाका सहभागीहरुलाई आग्रह गरेका थिए ।

नेता पौडेलले सबैलाई मिलाएर जान्छन कि आफ्नो गुट लाइ अझै मझ्बुत बनाउछन केहि दिनमा थाहा हुनेछ। उनि यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here