वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने

काठमाडौ । सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीमा जानुअघि वा गइसकेपछि कुनै प्रकारको झन्झट वा ठगीमा पर्ने घटना कम गर्ने उदेश्यका साथ सूचना प्रणाली स्थापना गर्न लागिएको हो ।

यसअघि म्यानपावर कम्पनीले गलत विवरण तयार गरी ठग्दै आएपछि अब भने मागपत्र प्रमाणीकरण तथा अनलाइन प्रणालीले कामदार ठगिने सम्भावना न्यून गर्न सहयोग हुने वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाइँले बताएका छन  ।

उनका अनुसार यो प्रणालीबाट वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा आएपछि राहदानी विभागमा रहेको कामदारको राहदानी नम्बर, कामदारले गर्ने काम, सेवासुविधा, नेपालबाट पठाउने म्यानपावर, जाँदा लागेको खर्च लगायतको विवरणमा सरकारले जतिसुकै बेला पनि हेर्न पाउनेछ ।

यस प्रणालीबाट गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाउने प्रवृत्ति नियन्त्रण हुने विश्वास गरिएको छ । नयाँ व्यवस्था अनुसार म्यानपावरले विभागको सूचना व्यवस्थापन प्रणालीको माध्यमबाट प्रमाणित मागपत्रकै आधारमा कामदार भर्ना प्रक्रिया सुरु गर्नुपर्नेछ ।

सूचना व्यवस्थापन प्रणालीको सुरुवातलगत्तै सरकारले सम्बन्धित गन्तव्य मुलुकबाट पुनः श्रम स्वीकृतिको व्यवस्था गर्ने तयारी पनि थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here