नेपालमा बिरामी पर्यटकहरुलाइ ठगी गर्ने बारे फ्रान्समा पनि आउन थाले समाचार

नेपालको हिमाली भेगहरुमा ट्रेकिङ्ग गर्न आउने पर्यटकहरुलाइ धोकापूर्ण तरिकाले बिरामी पारिने र उद्धारका नाममा अस्वाभाविक रकम लिइने गरेको कुरा विभिन्न बिदेशी समाचारहरुमा आउन थालेपछि पर्यटक छेत्र मात्र नभई राष्ट्रिय इज्जयतमा पनि प्रस्न उठेको छ ।

हिमाली भेगमा बिरामी हुँदा हेलिकोप्टरबाट उद्धार गर्नुको विकल्प नभएको फाइदा उठाउँदै महँगो मानिने सो प्रक्रियालाई केहीले पैसा कमाउने बाटो बनाएको देखिन्छ । पथप्रदर्शकदेखि लिएर उद्धारका लागि प्रयोग गरिने हेलिकप्टर, पुर्याउने अस्पताल र उद्धार एजेन्सीसम्ममा पैसाको मिलेमतो हुने गरेको बताइन्छ ।

यात्रा बिमा सेवा प्रदान गर्ने कम्पनीहरूको एक अन्तर्रा्ष्ट्रिय सञ्जालले नेपाल सरकारले आरोपित ठगीमा संलग्नहरूविरुद्ध कडा कारबाही नगरे आगामी महिनादेखि नेपाल भ्रमणमा जाने पर्यटकलाई बिमा सेवा उपलब्ध नगराउने चेतावनी दिएको छ । बिरामी पर्यटकले उपचारमा खर्च गरेको रकम विदेशी बिमा कम्पनीसँग दाबी गर्ने भएकाले यस्तो प्रवृत्तिले नेपालको समस्त पर्यटन उद्योगलाई नै बदनाम गराएको पर्वतारोहण विषयका एक विज्ञ आङ्छिरिङ शेर्पाले बताए ।

यो घटनाको बिषयलाइ लिएर पर्यटक मन्त्रालयले एउटा रोपोर्ट तयार गरेको छ, र छिट्टै नै संलग्न व्यक्तिहरु र कम्पनिहरुलाई कारवाही गर्ने भनिएको छ।

फ्रान्स स्थित एक ट्रेकिंग सम्बन्धित पत्रिकाले निकालेको समाचार

https://www.altitude.news/himalaya/2018/08/20/arnaque-assurance-nepal-enquete/

जर्मनी पत्रिकाले पनि समाचार निकालेको छ

http://www.spiegel.de/reise/aktuell/nepal-veranstalter-sollen-touristen-krank-gemacht-haben-a-1224600.html

अमेरिकाको चर्चित पत्रिका CNN ले निकालेको समाचार

https://edition.cnn.com/2018/09/04/asia/nepal-helicopter-rescue-intl/index.html

बेलायतको ख्यातिप्राप्त पत्रिका  theguardian ले निकालेको समाचार

https://www.theguardian.com/world/2018/sep/03/nepal-cracks-down-on-multimillion-dollar-helicopter-rescue-scams

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here