साझा सद्भाव समूह राष्ट्रिय समिति फ्रान्स गठन

साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ । यसै प्रयास अन्तर्गत फ्रान्समा साझा सद्भाव समूह, श्रीराम श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ ।

साझा पार्टीमा आस्थावान नेपालीहरुको सक्रीय भुमीका तथा यूरोप संयोजक एस के श्रेष्ठको निरन्तर प्रयासमा श्रीराम श्रेष्ठको संयोजकतवमा फ्रान्समा साझा सद्भाब समूह गठन भएको हो।

तीन महीना देखि गरिएको लामो अन्तरक्रीयाले २० जना साधारण सदस्य मध्यबाट ७ सदस्यीय राष्ट्रीय समिति इन्टरनेटबाटै मतदान प्रक्रिया अगाडी बढाई सम्पन्न गरीएको थीयो। यसै विषयमा जानकारी दिदै साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले “देश-विदेशमा रहेका सबै नेपाली विकृतिको चट्टान फुटाउन एक जुट नहुने हो भने देश अझ धेरै वर्षसम्म यसैगरि घस्रिरहने” बताउदै साझा सद्भाव समूहको राष्ट्रिय समितिको संख्या २२ पुगेको जानकारी दिनु भएको छ।

राष्ट्रीय समितिमा रहेका ब्यक्तीहरुको जिम्मेवारी निम्नानुसार संयोजक श्रीराम श्रेष्ठ, सह-संयोजक बसन्त जोशी, सदस्य अनिल थापामगर, सदस्य सुजन बन्जारा, सदस्य कुमार कट्टेल, सदस्य सुरेश राई, सदस्य यम घले छनौट हुनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here