यस वर्ष पेरिस बन्यो विश्वकै महँगो शहर…

फ्रान्सको राजधानी पेरिस विश्वको सबैभन्दा महँगो शहरमा परेको छ । प्रख्यात अन्तरास्ट्रिय पत्रीका द इकोनोमिस्टले कस्ट अफ लिभिङ सर्भेका आधारमा तयार पारेको प्रतिवेदनमा फ्रान्सको राजधानी पेरिस, स्विजरल्याण्डको शहर ज्युरिक र हङकङ १०३ अंकका साथ विश्वका महँगा शहरको शुचीमा शिर्ष स्थानमा रहेका छन।
चौथो र पांचौ स्थानमा क्रमस: सिङपुर र ओसाका परेको साप्ताहिक द इकोनोमिस्टले बुधवार प्रकाशित सर्वेक्षणमा उल्लेख गरेको छ। कोरोना महामारी संगै डलरको भाउमा आएको गिरावट तथा युरो र स्विस फ्रान्कको मुल्यवृद्धिका कारण पेरिस र ज्युरिक शीर्ष स्थानमा उक्लिएका छन भने अमेरिकन शहर न्युयोर्क सातौं स्थानमा र लस एन्जलस नवौं स्थानमा झरेका छन ।
खाद्यान्न, हाउजिङ, यातायात, मनोरन्जन  लगायत ४०० भन्दा बढी बस्तुको प्रतिस्पर्धी मूल्यका आधारमा १३३ शहरमा यो अध्ययन गरिएको थियो। कोरोना महामारी सुरु भए यता लुगाकपडा मेकअप तथा मनोरन्जानात्मक क्रियाकलापका खर्च कम र इलेक्ट्रोनिक उपकरणहरूको खरीदमा वृद्धि भएको छ।
गत बर्ष पेरिस यो सूचांकको ५ औं स्थानमा रहेको थियो। पेरिसमा अपार्टमेन्ट भाडा र खरिद मूल्य धेरै देखिएको छ। १ वर्गमिटरको मूल्य औसतमा १० हजार डलर भन्दा माथि र घरभाडा ३० वर्गमिटरको अपार्टमेन्टको एक महिनाको भाडा औसतमा ९९० युरो भएको हुनाले यहाँको हाउजिङ खर्च लगाएत अन्य खर्चहरु आकाशिदै गैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here