नेकपा सचिवालय बैठक जारी, आजै मन्त्रीपरिषद बैठक बस्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओली लगायत सचिवालयका सबै सदस्य उपस्थित छन्। सचिवालय बैठक लगत्तै २ बजे मन्त्रीपरिषद बैठक बस्ने भएको छ।

दुइ अध्यक्षका समुह विच सार्वजनिक रुपमै असहमति पत्र आदान प्रदान भए पछि निम्तिएको नयाँ तरंगले बैठकमा आरोप प्रत्यारोपको वातावरण बन्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न खोजेका थिए। वुधवार बिहान सचिवालय बैठककै समयमा मन्त्रीपरिषदको बैठक बोलाइएको थियो। तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन ।

सचिवालय बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । नेकपाको विवाद उत्कर्षमा पुग्दै गर्दा चिनियाँ राजदूत होउ यान्छीले पनि राजनीतिक भेटलाई बढाउँदै लगेकी छन। राजनीतिक विवादको बेला राजदूतको सक्रियता बढ्नु दुर्भाग्यपूर्ण भएको नेकपा नेताहरुले नै बताइरहेका छन्।

यसअघि पनि पार्टी फुटको नजिक पुग्ने गरेको थियो। भदौ २६ मा नेकपाको बैठकले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिँदै ओलीलाई सरकारको नेतृत्‍व पाँच वर्षसम्मकै लागि दिएको थियो तर ओलीले पार्टीको निर्णय र सहमति विना सरकार चलाउने र विभिन्न विवादित निर्णय गर्न थालेको भन्दै दुइ अध्यक्ष विच टकराव हुँदा पुनः एक पटक नेकपा फुटको अवस्थामा पुगेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here