पेरिस नजिकै एक शिक्षकको निर्ममता पुर्वक हत्या

फ्रान्सको राजधानी पेरिसमा नजिकै इभलिन शहरमा एक शिक्षकको बिभत्स तरिकाले हत्या भएको छ । आक्रमणकारीले ती शिक्षकको टाउको काटेर हत्या गरेको बताइएको छ।

सामुएल पाटी नाम गरेका ४७ बर्सिय इतिहास विषयका शिक्षकले विद्यार्थीहरुलाइ मोहम्मदको कार्टुन देखाउदै “अभिव्यक्ति स्वतन्त्रता” पढाएकै कारण हत्या गरिएको बताइएको छ।

विद्यार्थीलाई इस्लामिक मोहम्मदको कार्टुन देखाएको आरोपमा शुक्रबार अत्यन्तै क्रुर तरिकाले हत्या गरिएपछि यसको चौतर्फी निन्दा गरिएको छ। कट्टर मुस्लिम धर्मावलम्बीहरुले मोहम्मदको कार्टुन देखाउनुलाइ आफ्नो आस्था माथी खिल्ली उडाएको सोच्ने गर्छन र इस्लामिक आतंकवादी संगठनहरुको निर्देशनमा फ्रान्समा बिभिन्न आतंकवादी घटनाहरु हुने गरेका छन। पछिल्लो समय १ महिना अगाडी मात्र चार्ली हेब्दो पत्रिकालाइ लक्षित गरी अर्को हमला भएको थियो।

घटना भएको २ घण्टा भित्रै फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले घटनास्थलको भ्रमण गरेका थिए । उनले सबै नागरिकहरु एक भएर आतंकवाद विरुद्व ब्लक बनेर खाडा हुनुपर्ने बताउदै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। उनले ‘आतंकवादीहरुले हामीलाई विभाजन गर्न खोजिरहेका छन् त्यसैले हामीले कुनैपनि हालतमा उनीहरुलाइ जित्न दिनु हुदैन’ भन्दै अपराधीहरुलाइ कडा कारवाही गर्ने बताएका छन्।

फ्रान्सको सांसदहरुले मौनधारण गर्दै मृतक शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । फ्रान्सको संसदले यस आक्रमणलाई ‘बर्बर आतंकवादी हमला’ भनेको छ।

घटनाको केहि समय पछि नै प्रहरीले आक्रमणकारीलाई गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन। तर उनि १८ बर्सिय चेचेनियाका नागरिक भएको बताइएको छ। आक्रमण स्थानीय समयअनुसार शुक्रबार साँझ ५ बजे भएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here