फ्रान्समा तीव्र गतिमा कोरोना संक्रमण फैलिदै, नियन्त्रण गर्न कर्फ्यू लगाइने

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि फ्रान्समा फेरि प्रतिबन्धात्मक उपायहरु अपनाउन थालिएको छ । फ्रान्सका विभिन्न शहरमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढेपछि स्थानीय रुपमा लकडाउन गर्ने उपाय अवलम्बन गरिएको थियो ।

फ्रान्सका रास्ट्रपति एमानुएल माक्रोंले वुधवार सञ्चार माध्यम मार्फत अन्तरबार्ता दिदै स्थानीय स्तरमा कर्फ्यू लगाउने घोषणा गरेका हुन। फ्रान्स सरकारले कुनै पनि हालतमा दोस्रो रास्ट्रिय स्तरको लकडाउन नगर्ने अडान लिएको थियो। अर्थतन्त्र, कलकारखाना, रोजगारी र जनतामा व्याप्त हुन सक्ने निराशा लाइ ध्यानमा राख्दै सबै क्षेत्रलाइ सक्रिय राख्दै हरेक बेलुका धेरै संक्रमित भएका क्षेत्रमा केहि घण्टा कर्फ्यु लगाइने भएको हो।

शनिवार बेलुका बाट लागु हुने गरी राजधानी पेरिस सहित इल द फ्रान्स, लिल, लियों, मार्साई, ग्रनोब्ल, रुवाँ, मोंपेलिए, तुलुज र साँ एतिएन शहरमा बेलुका ९ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लगाइने भएको छ। कर्फ्यु उल्लङ्घन गर्नेले १ सय ३५ युरो जरिवाना तिर्नु पर्ने हुनेछ। 

फ्रान्समा केहिदिन देखि संक्रमितको संख्या प्रतिदिन २० हजार भन्दा माथि २४ घण्टामा २७ हजार संक्रमित सम्मको रेकर्ड गरिएको थियो। गत ३ हप्तामा मात्रै ३ लाख  भन्दा बडी संक्रमित थपिएका थिए। पेरिसका अस्पतालमा नब्बे प्रतिशत आइसियू शैय्याहरु भरिएका छन् । दैनिक मृत्युहुनेको संख्यामा पनि दैनिक ५० प्रतिशतले बृद्वी हुन थालेपछि सरकारले कठोर निर्णय लिएको रास्ट्रपति माक्रोंले बताएका छन्। नयाँ प्रतिबन्धको कारणले काममा जान नसक्नेको लागि सरकारले सत् प्रतिशत तलब (आंसिक वेरोजगारी भत्ता) ग्यारेन्टी गर्ने बताएको छ।  

यसअघि सन् २००५ मा रास्ट्रपति ज्याक शिराक को सरकारले ठुलो ह्रिंसक प्रदर्शन र दङ्गा रोक्न कर्फ्यू लगाएको थियो। 

सरकारी तथ्यांक अनुसार फ्रान्समा हालसम्म ७ लाख ५६ हजार ४ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ३२ हजार ९ सय ४२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख २ हजार ६ सय ८० जना उपचारपछि निको भइसकेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here