युरोपमा पहिलो पटक नेपाली वेभ सिरिज “इशारा” बन्दै !

Ishara-cover

प्रबासमा बस्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै जादा, अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रमा नेपालीहरुको सहभागिता पनि उत्तिकै उत्साह रुपमा बढ्दै गएको छ, यसै क्रममा फ्रान्सको राजधानी पेरिसमा बस्ने केहि उत्साहित युवाहरुको एक जमातले नेपाली वेभ सिरिज निर्माण गर्न लागेको जानकारी आएको छ ।

प्रबासमा नेपाली समुदाय बीच निकै चर्चित आभास आचार्य प्रडक्सनस तथा Diamond Jivan Entertainment को सहकार्यमा ” इशारा Misunderstanding ” नामक वेब सिरिज निर्माण गर्न लागेको जानकारी यस वेब सिरिजका निर्माता जीवन थापा मगरले दिनुभयो ।

जीवन थापाको स्क्रिप्ट तथा आभाष आचार्यको निर्देशन रहने यो सिरिज ४ भागको रहनेछ, थापा मगर नै मुख्य भूमिकामा रहने यस सिरिजमा लव स्टोरी, हास्यरस तथा सामाजिक जनचेतना समेटिएको बताउनु भयो । ४ भागमा रहेको यो सिरिज ४ हफ्ता सम्म १/१ भाग गरि youtube Channel : Avash Acharya Production मार्फत प्रशारण गरिने छ र पाँचौ हफ्तामा सो सिरिजका कलाकारहरु साथमा लक्की ड्र को आयोजना गरी एक जना भाग्यशाली बिजेतालाइ IPhone 11 प्रदान गरिने छ । यस लक्की ड्र मा सहभागी हुनका लागी १० युरोको टिकेट खरिद गरी youtube Channel लाई अनिबार्य subscribe गरेको हुनु पर्नेछ । यस लक्की ड्र कार्यक्रम सोही youtube Channel मार्फत live गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here