चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई कोरोना संक्रमण

चौधरी ग्रुपका अध्यक्ष, अर्बपति व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोना संक्रमित भएका छन्। चौधरीले आफै शुक्रबार विहान ट्विटरमार्फत् आफूलाई कोरोना भएको जानकारी दिएका हुन।

‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here