नेयमार सहित पीएसजीका तीन खेलाडी कोरोना संक्रमित, फ्रान्समा २४ घण्टामा सात हजार संक्रमित

पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार फुटबलर नेयमार सहित तीन खेलाडीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। पीएसजीले बुधबार साँझ वक्तव्य मार्फत् आफ्ना तीन खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

नेयमार केहि साता अगाडी पीएसजी र बायार्न म्युनिक बीचको चाम्पियन्स लिगको फाइनल खेल पश्चात बिदा मनाउन साथीहरुसंग स्पेनको इबिजा पुगेका थिए। त्यहाँ बाट फर्केपछी क्लबले गर्ने नियमित कोरोना परिक्षणका क्रममा उनि संक्रमित भएको भेटिएको हो। नेयमार संगै पीसजीका अन्य दुइ खेलाडीहरु पाराडेस र डी मारिया पनि संक्रमित भएको वक्तव्यमा बताइएको छ। उनीहरु तिनैजना संगै इबिजामा विदा मनाएर फर्किएका थिए ।

यसअघि स्पेनिश खेलाडी सिल्भा, म्यानचेस्टर युनाइटेड बाट खेल्ने फ्रेन्च खेलाडी पोग्बा सहित अर्को ब्रिटिश क्लब चेल्सीका चार खेलाडी लाई कोरोना संक्रमण पुष्टि भएको थियो।

फ्रान्समा कोरोना पुनः तीव्र गतिमा फैलिन थालेको छ। गत शुक्रवार जस्तै वुधवार पनि २४ घण्टामा हुने संक्रमितको संख्या ७ हजार नागेको छ। मार्चको अन्तिम साता झैँ अहिले तीव्र गतिमा भाइरस फैलिएको बताइएको छ । तर संक्रमितको संख्या यसरि बढ्दै जाँदा पनि सरकारले आंसिक बन्दाबन्दी समेत गरेको छैन। कोरोनाको कारण आइसीयुमा भर्ना हुने र मर्नेहरुको संख्या भने पहिलाको तुलानामा धेरै कम छ। केहि हप्ता देखि परिक्षण गरिएका मध्य संक्रमित हुनेको दर ४ प्रतिशत बाट माथि पुगेको छ। अर्थात १०० जनामा परिक्षण गर्दा ४ जनाको टेस्ट पोजिटिभ देखिएको छ।

कोरोना फैलावट कम गर्न मास्कलाइ अनिवार्य गरिएको छ। सामाजिक दुरी कायम गर्दै सवै ब्यापार, कम्पनी, कलकारखानाहरु सुचारु नै छन । फ्रान्सको पछिल्लो तथ्यांक अनुसार ५० प्रतिशत भन्दा धेरै फ्रेन्चहरु बन्दाबन्दी गर्नु हुदैन भन्ने पक्षमा छन। सरकार जस्तै यहाँका प्रमुख राजनीतिक पार्टीहरु पनि दोस्रो बन्दाबन्दीको विपक्षमा रहेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here