स्विडेन: लकडाउन नगरी कोरोना नियन्त्रणमा सफलता, लकडाउन गर्ने देशमा भन्दा थोरै संक्रमित

युरोपका अधिकांश मुलुकहरुले कोभिड-१९ कोरोनाभाइरस सुरु हुदाँनै आफ्नो देशमा महिनौ लकडाउन गरे ।त्यतिबेला सबैभन्दा धेरै प्रभावित इटाली, स्पेन र फ्रान्सले करिब २ महिना लकडाउन गरे र अर्थतन्त्र ध्वस्त हुने देखेपछि अन्य सुरक्षाका उपाय अपनाउदै मे महिना देखि नै लकडाउन खोल्न सुरु गरे। युरोपका प्राय सवै देशहरुले यस्तो गरिरहदा महामारीले आक्रान्त हुँदा पनि स्विडेनले भने कहिले पनि लकडाउन गरेन र कुनै पनि प्रकारको प्रतिबन्ध लगाएन।

स्विडेनमा विद्यालय, रेस्टुरेन्ट, बार र सार्वजनिक स्थललगायतहरु सधै खुल्ला नै रहे। मानिसहरु मास्क विनानै आवत जावत गरिरहे । कोरोनाले गम्भीर विरामी परेकाहरु अस्पतालमा पुर्याइए भने सामान्य रहेकाहरु आ-आफ्नै घरमा आइसोलेसनमा बसे । सरकारले लकडाउन नगर्ने अडान लियो र जनस्तरबाट पनि सरकारको निर्णयमा व्यापक समर्थन रहयो ।

स्विडेनमा हालसम्म कोरोनाभाइरस बाट करिब ६ हजारको मृत्यु भएको छ, जनसंख्याको आधारमा मृत्युदर अमेरिका बेलायत र इटाली पछि १३ औं स्थानमा रहेको छ।

श्रोत : worldometers

स्विडेनमा कुनै बेला दैनिक १ हजार ७ सय सम्म नयाँ संक्रमित रहेका थिए, तर पछिल्लो समयमा भने त्यो संख्या २-३ सयमा झरेको छ। विना मास्क र विना कुनै बन्दाबन्दी उनीहरुले कोरोनालाइ नियन्त्रण गर्न लागिपरेका छन र अहिले दैनिक २-३ जनाको मात्र कोरोना बाट मृत्यु हुने गरेको छ। यसलाइ पूर्ण सफलता त भन्न नसकिएला तर महिनौ लकडाउन गर्ने देशमा अहिले जुनरुपमा नयाँ सक्रमित थपिएका छन त्यसको तुलनामा स्विडेनले निकै प्रगति गरेको देखिन्छ ।

युरोपियन युनियनको औसत मानवीय क्षति भन्दा पनि लकडाउन नगर्ने स्विडेनको संख्या निकै कम देखिएपछि लकडाउनको औचित्य मास्क र अन्य प्रतिबन्धको औचित्य माथि गम्भीर प्रश्न खडा भएको छ। स्विडेन सरकारले सामाजिक इम्युनिटी (social immunity) मा विश्वास गरेको र यो नीति प्रभावकारी रहेको दावी गरिएको छ।

जर्मन, फ्रान्स र बेलायतमा हरेक हप्ता कोरोना नियन्त्रण गर्न लागेका प्रतिबन्ध, मास्क आदिको विरोध गर्दै प्रदर्शन हुने गरेको छ। उनीहरुले स्विडेनको जस्तै नीति सरकारले लिनु पर्ने माग गर्दै आएका छन । यहाँका सञ्चार माध्यमहरुले पनि स्विडेनको नीति र त्यसको परिणामको बारेमा व्यापक स्थान दिने गरेका छन ।

स्विडेन सरकारले नागरिकहरु आफ्नै विवेकले आफुलाई सुरक्षित राख्न सक्दछन र यस भाइरसलाइ कुनै जबर्जस्ती प्रतिबन्धले यो रोक्न सकिदैन भन्नेमा विस्वास गर्दछ । विश्व सुचाङ्कमा समेत स्विडेनका नागरिकहरुलाइ जिम्मेवार र नीति नियमको पालना गर्ने नागरिकहरुको तुलनामा अग्र स्थानमा पाइन्छ। सरकार र नागरिक विचको यो परस्पर सहयोग र विस्वासले नै आज स्विडेनले कोभिड-१९ रोकथाममा अन्य मुलुकले भन्दा राम्रै सफलता प्राप्त गरेको छ । स्विडेनको यो सफलताले लकडाउन गर्ने अन्य देशहरुलाइ कोरोना रोकथामको लागि अपनाइएको विधिमा पुर्नविचार गर्न बाध्य पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here