गायक विष्णु क्षेत्रीको नयाँ गित “जय नेपाल” म्युजिक भिडियो सहित सार्वजनिक

अति र्नै मिठो स्वरका धनी गायक विष्णु क्षेत्रीको “जय नेपाल” बोलको गित सार्वजनिक भएको छ । स्थाई घर चितवन भई हाल नर्वे बस्दै आउनु भएका क्षेत्रीको नयाँ गितको म्युजिक भिडियो फ्रान्स स्थित आभाष आचार्य प्रोडकशनबाट सार्वजनिक गरिएको हो ।

जय नेपाल गितका रचनाकार विकाश सुवेद हुनुहुन्छ भने संगीत सुवास भुषालको सृजना रहेको छ । भिडियोको छायाकंन नेपालबाट झोले, फ्रान्सबाट दृश्य नेपाल, नर्वेबाट गणेश सुनुवारले गरेका थिए । गितमा नेपालको माया, वैदेशिक रोजगारीमा जानेको बाध्यता र नेपाल प्रतिको देशभक्तिलाई समेटिएर बनाईएको छ ।

उक्त भिडियोमा महेन्द्र अघिकारी, सोनिया सिहं ठकुरी, कर्म लामा सहित कलाकारहरुको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here