राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । उनको आफ्नै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा  सिर्जना दिँदै आइरहेका थिए । उनले पद्मश्री साधना सम्मानलगाय विभिन्न पुरस्कारहरू बाट सम्मानित भएका छन्।

उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर-किन्नरी, गौरी, मालती मंगले,  राजेश्वरी, राष्ट्रनिर्माता, चारु चर्चा र आफ्नो बाँसुरी आफ्नै गीत लगाउतका कृतीहरू प्रकाशित भएका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here